११ असार २०८३, बिहीबार
,
Latest
कुकुरले बाख्रा मार्न थालेपछि बरङ्जावासी त्रसित उष्ण लहरको चेतावनीपछि दुई आणविक रियाक्टर बन्द श्रम विभागद्वारा निजी अस्पताल र बैंकको अनुगमन समयमै नतिजा प्रकाशनबाट शिक्षा क्षेत्रमा सुशासनको संकेत सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित देशभरका २६ लाख किसानको सूचीकरण सम्पन्न तनहुँ-कास्कीबीच सुरक्षा समन्वय सुदृढ गर्ने निर्णय गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यालय सहयोगी मृत फेला



अ+ अ-

डोटी । डोटी जिल्ला अस्पतालका कार्यालय सहयोगी मृतावस्थामा फेला परेका छन् । दिपायल सिलगढी नगरपालिका–७ उडीतोला घर भएका ४५ वर्षीय कार्यालय सहयोगी भक्त कोली मृत फेला परेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले जानकारी दिनुभयो । 

उहाँका अनुसार कार्यालय सहयोगी कोली जिल्ला अस्पताल जाने बाटोको चोकमा शुक्रबार मृतावस्थामा फेला परेका हुन् । मृतक कोलीले जिल्ला अस्पतालमा परीक्षणका लागि ल्याइएका शवहरुको चिरफारको काम गर्दै आएका थिए । आफन्तहरु अहिलेसम्म नपुगेकाले उनको शव अहिले जिल्ला अस्पतालमा राखिएको अस्पतालले जनाएको छ ।रासस