१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोटरी द्वारा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न



अ+ अ-

सिन्धुपाल्चोक ।  रोटरी क्लब अफ मातृभूमि बालुवाटार र रोटर्याट क्लब अफ मातृभूमि बालुवाटार आइओमको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर  संञ्चालन गरेको छ । \

 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत ५ नम्बर वडाको सिन्धुकोट स्वास्थ्य चौकीको प्रागणमा  आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ५ नम्बर वडा र वरपरका स्थानिय बासिन्दा लाभान्वित भएका थिए । ५१० जनाको स्वास्थ्थ परिक्षण गरिएको शिबिरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा .अनिल भट्टराई ,  शिक्षण अस्पतालका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. लक्ष्मी गौतमले बिरामीहरुको परिक्षण गर्नुभएको थियो ।

निःशुल्क उपलब्ध गराईएको सेवामा ३१५ जनाको ईसिजी ,११५ जनाको ईसिएचओ र १८० जनाको स्त्रीरोगको परिक्षण गरिएको आयोजनक संस्थाले जनाएको छ ।गम्भिर र जटिल   लक्षण देखिएका बिरामीहरुलाई सुबिधा सम्पन्न अस्पतालमा उपचारको समन्वय पनि गरिने आयोजक संस्थाले जनाएको छ । शिबिरमा बरिष्ठ मुटुरोगबिज्ञ डा भट्टराईले  नेपालका गाऊहरुमा मुटुरोग सम्बन्धि ज्ञानको कमी भएका कारण अकालमा ज्यान गुमाउनु पर्ने  दुःखद अवस्था रहेको भन्दै यस्ता शिबिर मार्फत सेवा गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा .लक्ष्मी गौतमले  अझै पनि आफुलाई  लागेको रोगका बारेमा खुलेर भन्न नसक्ने अबस्था रहेका कारण  जनचेतना जगाउनु पर्ने बताउनु भयो  । समारोहमा रोट्रयाट अध्यक्ष डा. यसोदा रिजालले  कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तरता दिने जानकारी दिनुभयो ।

 रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष रोटरियन अनुज थापाले रोटरी समाजकै हितमा कामगर्ने सस्था भएको कारण  यस्तो अभियान लाई निरन्तरता दिने बताउनु भयो ।  वडाअध्यक्ष सुदर्शन लुइँटेले आफनो गाउमा रोटरीले पुर्योएको सेवा प्रति आभार ब्यक्त गर्दै , आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।  कार्यक्रमको संयोजन रोटरियन नारायण अधिकारीले गर्नुभएको थियो  ।