२२ मंसिर २०८२, सोमबार
,
Latest
नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आरसिबिको लगातार चौथो हार, मुम्बईले १९७ रनको विशाल लक्ष्य सजिलै भेट्टायो



अ+ अ-

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ ।

जारी सिजनमा दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका लागि ओपनर इशान किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले ।

रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन जोडे । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रनको विशाल योगफल जोडेको थियो ।

आरसिबिका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे । रजत पाटिदारले २६ बलमा ५१ रन बनाए ।

मुम्बईका जासप्रीत बुमराह एक्लैले ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए ।

यो जितसङै मुम्बई ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ । आरसिबि भने ६ खेलमा २ अंक सहित नवौं स्थानमा छ ।

आईपिएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।