९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

आरसिबिको लगातार चौथो हार, मुम्बईले १९७ रनको विशाल लक्ष्य सजिलै भेट्टायो

आरसिबिको लगातार चौथो हार, मुम्बईले १९७ रनको विशाल लक्ष्य सजिलै भेट्टायो
अ अ+ अ-

काठमाडौं । इंडियन प्रिमियर लिग (आईपीएल) मा बिहीबार भएको खेलमा मुम्बई इंडियन्सले रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबि) विरुद्ध सानदार जित दर्ता गरेको छ ।

जारी सिजनमा दोस्रो जित दर्ता गर्ने क्रममा मुम्बईले आरसिबि माथि ७ विकेटको जित दर्ता गरेको हो । आरसिबिले दिएको १९७ रनको विशाल लक्ष्य मुम्बईले मात्र १५.३ ओभरमा ३ विकेट गुमाएर भेट्टायो ।

मुम्बईका लागि ओपनर इशान किशनले ३४ बलमा ७ चौका र ५ छक्का सहित सर्वाधिक ६९ रन बनाए । यस्तै सूर्यकुमार यादवले १९ बलमा ५ चौका र ४ छक्का सहित ५२ रनको विष्फोटक इनिङ खेले ।

रोहित शर्माले २४ बलमा ३८ रन बनाए भने कप्तान हार्दिक पन्ड्याले ६ बलमा २१ रन जोडे । आरसिबिका लागि आकाश दिप, विजयकुमार विशाक र विल ज्याक्सले समान १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आरसिबिले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रनको विशाल योगफल जोडेको थियो ।

आरसिबिका लागि कप्तान फ्याफ डु प्लेसिसले सर्वाधिक ६१ रन बनाए भने दिनेश कार्तिकले २३ बलमा ५ चौका र ४ छक्का सहित ५३ रन जोडे । रजत पाटिदारले २६ बलमा ५१ रन बनाए ।

मुम्बईका जासप्रीत बुमराह एक्लैले ५ विकेट लिएका थिए भने जेराल्ड कोट्जी, आकाश मध्वाल र श्रेयास गोपालले १-१ विकेट लिएका थिए ।

यो जितसङै मुम्बई ५ खेलमा ४ अंकसहित सातौं स्थानमा छ । आरसिबि भने ६ खेलमा २ अंक सहित नवौं स्थानमा छ ।

आईपिएलमा आज लखनऊ सुपर जाएन्ट्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।