• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण सम्पन्न ★   सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबिच भेटवार्ता ★   नेपालमै पहिलोपटक रोबोटबाट सर्जरी, एकैदिन ३ बिरामीको सर्जरी ★   पाँच वर्षपछि किसानले पाए अण्डाको लागत मूल्य ★   भरतपुरको होटलमा चिनियाँ नागरिक मृत फेला ★   सर्वनाममा नाटक ‘पूर्णविराम’ मञ्चन हुँदै ★   भूकम्पमा भत्केका सम्पदा पुन:निर्माण गर्दै ललितपुर महानगर ★   वन्यजन्तुको आहारका लागि सामुदायिक वनमा दश हजार बिरुवा रोपिए ★   हाँडेभिर–बगरफाँट–भकिम्ली कृषि सडकको स्तरोन्नति ★   फणीन्द्र देवकोटा पुन: ऊर्जा मन्त्रीमा नियुक्त

एसीसी प्रिमियर कप: नेपालले मलेशियासँग खेल्दै



file photo: can

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार एसीसी टी–२० प्रिमियर कपमा मलेशियासँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानमा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।

एसीसी प्रिमियर कपको डिफेन्डिङ च्याम्पियन रहेको नेपाल मलेशियालाई हराउँदै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।

नेपाल उपाधि रक्षा गर्ने लक्ष्यसहित ओमान पुगेको छ । नेपालले शनिबार कतारको सामना गर्दै छ भने बैशाख ३ गते हङकङ र बैशाख ५ गते साउदी अरेबियासँग प्रतिस्पर्धा गर्ने छ ।

प्रतियोगिताको समूह ए मा नेपालसहित मलेशिया, साउदी अरेबिया, कतार र हङकङ छन् । त्यस्तै समूह बी मा यूएई, ओमान, बहराइन, कम्बोडिया र कुवेत छन् ।

प्रिमियर कपको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ ।

प्रिमियर कपका लागि मंगलबार नै रोहित पौडेलले कप्तानीमा १४ सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपालको क्रिकेट टोली:
आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी र अभिनाश बोहोरा ।