१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

किष्ट अस्पतालमा दुई कलेजो क्यान्सर बिरामीको कलेजो प्रत्यारोपण



अ+ अ-

काठमाडौँ ।कलेजो क्यान्सरले ग्रसित दुई फरक फरक बिरामीको कलेजो प्रत्यारोपण शल्यक्रिया मार्फत गत शुक्रबार र शनिबार लगातार दुई वटा कलेजो प्रत्यारोपण किष्ट शिक्षण अस्पतालमा सफलतापूर्वक शल्यक्रिया सम्पन्न गरेको छ ।

सबैभन्दा जटिल मानिने कलेजो प्रत्यारोपण अब किष्ट अस्पतालमा पनि नियमित रुपमा हुन थालेको छ । कलेजो क्यान्सर भई सिरोरिस भएका दुई बिरामीको प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आई.सि.यूमा उपचार भइरहको छ ।

यो सँगै किष्टले ७ वटा कलेजो प्रत्यारोपण गरिसकेको छ । निजी अस्पताल मध्ये यो सबै भन्दा धेरै कलेजो प्रत्यारोपण गर्ने अस्पताल भएको छ ।
कुनै बिरामीलाई कलेजो तथा मृगौला प्रत्यारोपण गराउनु परेमा यस अस्पतालमा सम्पर्कमा आएको दिनवाट १० दिन भित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पुरागरी प्रत्यारोपण सम्पन्न गर्न सकिने कुरा अस्पताल प्रशासनले जनाएको छ ।

निजी अस्पताल मध्ये कलेजो र मृगौला प्रत्यारोपणको इजाजतपत्र लिई नियमित रुपमा प्रत्यारोपण यस किष्ट शिक्षण अस्पतालले गर्दै आइरहेको छ ।