९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

राजस्थानका कप्तान सञ्जु सैमसनलाई १२ लाख जरिवाना

राजस्थानका कप्तान सञ्जु सैमसनलाई १२ लाख जरिवाना
Shubman Gill (c) of Gujarat Titans and Sanju Samson (c) of Rajasthan Royals at toss during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL
अ अ+ अ-

एजेन्सी । राजस्थान रोयल्स (आरआर)का कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिवाना गरिएको छ । बुधबार जयपुरमा गुजरात टाइटन्स (जीटी) विरुद्धको खेलमा स्लो ओभर रेटका कारण सञ्जुलाई जरिवाना गरिएको हो । इन्डियन प्रिमियर लिग (आईपीएल)ले बिहिबार यो जानकारी दिएको हो ।

आईपीएलको १७ औं सिजनमा राजस्थान रोयल्सले बुधबार यो सिजनको पहिलो हार बेहोरेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ३ विकेट गुमाएर १९६ रन बनाएको थियो । जवाफमा गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १९७ रनको लक्ष्य पुरा गरेको थियो ।

१९ औं ओभरमा गुजरातलाई जितका लागि १५ रन आवश्यक थियो। राजस्थानको टोली निर्धारित समयमा ओभर सकिन ५ मिनेट पछाडि परेको थियो । जसका कारण अन्तिम ओभरमा सञ्जुले ५ को सट्टा ४ जना मात्र खेलाडीलाई बाउन्ड्रीमा पठाउनु परेको थियो। जीटीका रसिद खानले ३ चौका प्रहार गर्दै टोलीलाई जित दिलाएका थिए ।

यस सिजन राजस्थानको टोलीको यो पहिलो गल्ती भएकोले आईपीएलको आचार संहिता अनुसार न्यूनतम सजाय तोकिएको आईपीएल अधिकारीहरुले बताएका छन् ।

यसअघि गुजरात टाइटन्सका कप्तान शुभमन गिल र दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई पनि जरिवाना गरिएको थियो ।