• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo
Latest
★   ३९ जिल्लाका १ सय ६५ ठाउँमा डढेलो, ठाउँठाउँमा आगलागी ★   राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस आज मनाइँदै ★   च्याम्पियन्स लिगः डर्टमण्डले पिएसजीलाई हरायो ★   आईपीएलमा पञ्जाबले चेन्नईलाई लगातार पाँचौं पटक हरायो ★   नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण ★   रोहितको कप्तानीमा टी–२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा ★   हार्दिक पाण्ड्यालाई २४ लाख जरिवाना ★   विभिन्न देशका ओलम्पिक खेलाडी विराटनगरमा ★   यी ४ टोली टी–२० विश्वकपको सेमिफाइनल पुग्ने, इंग्ल्याण्डका पूर्व कप्तानले गरे भविष्यवाणी ★   पशुपति आर्यघाटको विद्युत् शवदाह साउन १ देखि नि:शुल्क गरिने

आईपीएलमा आज: मुम्बई र बेंगलुरु भिड्दै, दुबै दोस्रो जितको खोजिमा



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२४ मा आज मुम्बई इन्डियन्स (एमआई) ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) सँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुन लागेको १७औं सिजनको २५औँ खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

आज मुम्बईको पाँचौं र बेंगलुरुको छैटौं खेल हुनेछ। एमआईले चार खेलमा तीन खेल हारेको छ भो एउटा जितेको छ । यस्तै, आरसीबीले पछिल्ला ५ खेलमध्ये १ मा मात्रै जित हात पारेको छ भने बाँकी ४ खेलमा हार बेहोरेको छ । एमआई अंक तालिकामा ८ नम्बरमा छ भने आरसीबी ९ नम्बरमा छ ।

हेड टु हेडमा एमआई अगाडि

आईपीएलमा हालसम्म यी दुई टोलीबीच कुल ३२ खेल खेलिएका छन् । जसमा मुम्बईले १८ खेल जितेको छ भने बेंगलुरु १४ खेलमा विजयी भएको छ । वानखेडे रंगशालामा भने दुवै टोली ९ पटक आमनेसामने भएका छन् । जसमध्ये एमआईले ६ पटक र आरसीबीले ३ पटक जितेको छ ।

एमआईका तिलक सर्वाधिक रन स्कोरर

मुम्बईका ओपनरहरु फर्ममा फर्किएका छन् । अन्तिम खेलमा दिल्लीविरुद्ध दुवै ओपनरले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात गराएका थिए । तर, टोलीको मध्यक्रमले यो गतिलाई कायम राख्न सकेन । टीमको लागि तिलक वर्माले राम्रो खेलिरहेका छन् । सूर्यकुमार यादव टीममा फर्किएका छन् ।

आरसीबीमा विराट फ्ममा

आरसीबीमाको लागि विराट कोहली फर्ममा रहेका छन् । टीमको लागि विदेशी खेलाडि कप्तान फाफ डु प्लेसिस (१०९ रन), ग्लेन म्याक्सवेल (३२ रन) र क्यामरुन ग्रीन (६८) ले भने राम्रो गर्न सकेका छैनन् ।

बलिङमा यश दयालले ५ इनिङ्समा ५ विकेट लिएर टिमका लागि सर्वाधिक विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया बलरभन्दा ब्याट्सम्यानलाई बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्।

हालसम्म यहाँ १११आईपीएल खेलहरू खेलिएका छन्। ५१ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीलेजितेको छ भने ६० खेलमा लक्ष्य पछ्याउने टोली विजयी भएको छ । यहाँ उच्चतम टोली स्कोर २३५र१ हो, जुन २०१५ मा एमआइ विरुद्ध आससिबीले बनाएको थियो।

मौसम अवस्था

बिहीबार मुम्बईमा मौसम राम्रो रहनेछ । आज यहाँ घाम लाग्नेछ, वर्षाको कुनै सम्भावना छैन। तापमान२५देखि ३५डिग्री सेल्सियस सम्म हुन सक्छ। हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ​ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।
इम्प्याक्ट प्लेयरस् आकाश मधवाल।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), सौरभ चौहान, रीस टोपले, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।
इम्प्याक्ट प्लेयर स् महिपाल लोमर।