९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

आईपीएलमा आज: मुम्बई र बेंगलुरु भिड्दै, दुबै दोस्रो जितको खोजिमा

आईपीएलमा आज: मुम्बई र बेंगलुरु भिड्दै, दुबै दोस्रो जितको खोजिमा
अ अ+ अ-

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल ) २०२४ मा आज मुम्बई इन्डियन्स (एमआई) ले रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) सँग प्रतिस्पर्धा गर्दैछ । मुम्बईको वानखेडे स्टेडियममा हुन लागेको १७औं सिजनको २५औँ खेल नेपाली समयअनुसार बेलुकाको ७:४५ बजेबाट सुरु हुनेछ।

आज मुम्बईको पाँचौं र बेंगलुरुको छैटौं खेल हुनेछ। एमआईले चार खेलमा तीन खेल हारेको छ भो एउटा जितेको छ । यस्तै, आरसीबीले पछिल्ला ५ खेलमध्ये १ मा मात्रै जित हात पारेको छ भने बाँकी ४ खेलमा हार बेहोरेको छ । एमआई अंक तालिकामा ८ नम्बरमा छ भने आरसीबी ९ नम्बरमा छ ।

हेड टु हेडमा एमआई अगाडि

आईपीएलमा हालसम्म यी दुई टोलीबीच कुल ३२ खेल खेलिएका छन् । जसमा मुम्बईले १८ खेल जितेको छ भने बेंगलुरु १४ खेलमा विजयी भएको छ । वानखेडे रंगशालामा भने दुवै टोली ९ पटक आमनेसामने भएका छन् । जसमध्ये एमआईले ६ पटक र आरसीबीले ३ पटक जितेको छ ।

एमआईका तिलक सर्वाधिक रन स्कोरर

मुम्बईका ओपनरहरु फर्ममा फर्किएका छन् । अन्तिम खेलमा दिल्लीविरुद्ध दुवै ओपनरले अर्धशतकीय साझेदारी गर्दै टोलीलाई राम्रो सुरुवात गराएका थिए । तर, टोलीको मध्यक्रमले यो गतिलाई कायम राख्न सकेन । टीमको लागि तिलक वर्माले राम्रो खेलिरहेका छन् । सूर्यकुमार यादव टीममा फर्किएका छन् ।

आरसीबीमा विराट फ्ममा

आरसीबीमाको लागि विराट कोहली फर्ममा रहेका छन् । टीमको लागि विदेशी खेलाडि कप्तान फाफ डु प्लेसिस (१०९ रन), ग्लेन म्याक्सवेल (३२ रन) र क्यामरुन ग्रीन (६८) ले भने राम्रो गर्न सकेका छैनन् ।

बलिङमा यश दयालले ५ इनिङ्समा ५ विकेट लिएर टिमका लागि सर्वाधिक विकेट लिएका छन् ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया बलरभन्दा ब्याट्सम्यानलाई बढी सहयोगी साबित हुन्छ। उच्च स्कोरिङ खेलहरू यहाँ देखिएका छन्।

हालसम्म यहाँ १११आईपीएल खेलहरू खेलिएका छन्। ५१ खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीलेजितेको छ भने ६० खेलमा लक्ष्य पछ्याउने टोली विजयी भएको छ । यहाँ उच्चतम टोली स्कोर २३५र१ हो, जुन २०१५ मा एमआइ विरुद्ध आससिबीले बनाएको थियो।

मौसम अवस्था

बिहीबार मुम्बईमा मौसम राम्रो रहनेछ । आज यहाँ घाम लाग्नेछ, वर्षाको कुनै सम्भावना छैन। तापमान२५देखि ३५डिग्री सेल्सियस सम्म हुन सक्छ। हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ​ ११:

हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, मोहम्मद नाबी, पियुष चावला, जेराल्ड कोएत्जी र जसप्रित बुमराह।
इम्प्याक्ट प्लेयरस् आकाश मधवाल।

रोयल च्यालेन्जर्स बेंगलुरुको सम्भावित प्लेईङ​ ११:

फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटीदार, ग्लेन म्याक्सवेल, क्यामरन ग्रीन, दिनेश कार्तिक (विकेटकिपर), सौरभ चौहान, रीस टोपले, मयंक डागर, यश दयाल र मोहम्मद सिराज।
इम्प्याक्ट प्लेयर स् महिपाल लोमर।