२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमेडि च्याम्पियनका सञ्चालक विशाल भण्डारीले कार दुर्घटनापछि के सिके ? भन्छन्– DO NOT DRINK & DRIVE .



अ+ अ-

काठमाडौं । दुई साताअघि कार दुर्घटनामा परेका कमेडि च्याम्पियनका सञ्चालक तथा निर्देशक विशाल भण्डारी अब नियमित काममा फर्कने भएका छन् ।

चैतको पहिलो साता  भक्तपुरको जगातीमा विशाल चढेको कार टिप्परसँग ठोक्किएर दुर्घटना भएका थियो । कारमा भण्डारीसहित ६ जना सवार थिए । दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका थिए ।

विशाल र पुजन अधिकारीलाई सामान्य चोट लागेको थियाे । दुर्घटनापछि प्रहरीले विशाल र पुजन पक्राउ परेका थिए ।

विशालले सामाजिक सञ्जालमार्फत् त्यस बेला भएको गल्तीका कारण दुर्घटना भएको बताएका छन् । उनले अब कमेडि च्याम्पियन पुनः प्रशारण हसने जानकारीसमेत दिएका छन् । भण्डारीले सामाजिक सञ्जालमा के लेखेका छन् त ?

जिवन एक भोगाई हो । मानविय गुण नै हो नतिजा कहिले सहि र कहिले गलत भईदिन्छ । ई सबै भोगाई र सिकाई को क्रम हो । दुई साता अघि म र मेरो टिमले गरेको गल्तीले म , Assitant Director / Mentors Comedian कार दुर्घट्नामा परेउॅ र Comedy Champion Season 3 को प्रसारण रोकियो । अहिले हामी सबै Discharge भईसकेका छौं र सुशान्त वस्यालको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । यो दुर्घट्नाले हामिलाई र विशेष गरि मलाई धेरै कुरा सिकाएको छ र झक्-झकाएको छ । आगामी दिनमा गल्ति कमजोरी लाई संस्थागत सुधार गर्दै Three Production टिमको सम्पुर्ण शक्ति कार्यक्रमको निर्माण र दर्शकको अपेक्षा अनुसारको Content बनाउनमा खर्च गर्ने प्रण गर्दै आज देखी Comedy Champion को प्रशारण लाई निरन्तरता दिदै छौं । त्यहि माया र साथको अपेक्षा र अहिलेको अवस्थामा आवस्यकता रहनेछ । अन्त्यमा सबैले भोगेरै सिक्नु पर्छ भन्ने छैन । सतर्क रहनु होला । DO NOT DRINK & DRIVE .