• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

आईपीएलमा राजस्थानको पहिलो हार



Shubman Gill (c) of Gujarat Titans stump out by Sanju Samson (c) of Rajasthan Royals during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL

काठमाडौं । आईपीएलमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा गुजरात टाईटन्सङ्ग राजस्थान ३ विकेटले पराजित भएको हो ।

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन जोडे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गर्दै गुजरातलाई जित दिलाए ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले २४ रन बनाए भने टेवाटियाले २२ रन जोडे ।

राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए ।

कप्तान सञ्जु सामसनले ६८ रन जोडे । त्यस्तै यशस्वी जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए ।

जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा यथावत छ ।