९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

आईपीएलमा राजस्थानको पहिलो हार

आईपीएलमा राजस्थानको पहिलो हार
Shubman Gill (c) of Gujarat Titans stump out by Sanju Samson (c) of Rajasthan Royals during match 24 of the Indian Premier League season 17 (IPL 2024) between Rajasthan Royals and Gujarat Titans held at the Sawai Mansingh Stadium, Jaipur on the 10th April 2024. Photo by Deepak Malik / Sportzpics for IPL
अ अ+ अ-

काठमाडौं । आईपीएलमा राजस्थान रोयल्सले पहिलो हार ब्यहोरेको छ । गएराति भएको खेलमा गुजरात टाईटन्सङ्ग राजस्थान ३ विकेटले पराजित भएको हो ।

राजस्थानले दिएको १ सय ९७ रनको विशाल लक्ष्य गुजरातले अन्तिम बलमा ७ विकेट गुमाएर भेट्टायो ।

अन्तिम ओभरमा १५ रन चाहिएकोमा रासिद खानले आवेश खानको पहिलो तीन बलमा ४, २ र ४ रन जोडे । चौथो बलमा उनले एक रन लिए भने पाँचौं बलमा ३ रन लिने क्रममा राहुल टेवाटिया रन आउट भए ।

अन्तिम बलमा २ रन चाहिएको अवस्थामा रासिदले चौका प्रहार गर्दै गुजरातलाई जित दिलाए ।

गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ७२ रन बनाए । यस्तै ओपनर साई सुदर्शनले ३५ तथा रासिदले २४ रन बनाए भने टेवाटियाले २२ रन जोडे ।

राजस्थानका लागि कुलदीप सेनले ३ तथा युजभेन्द्र चहलले २ विकेट लिए । आवेश खानले १ विकेट लिए ।

त्यसअघि जयपुरमा टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९६ रन बनायो । राजस्थानका लागि रियान परागले सर्वाधिक ७६ रन बनाए ।

कप्तान सञ्जु सामसनले ६८ रन जोडे । त्यस्तै यशस्वी जैसवालले २४ रन बनाए । गुजरातका लागि उमेश यादव, रासिद र मोहित शर्माले समान १ विकेट लिए ।

जित पछि गुजरात ६ खेलमा ६ अंक सहित छैठौं स्थानमा छ । राजस्थान ५ खेलमा ८ अंक सहित शीर्ष स्थानमा यथावत छ ।