९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

म्यानमारमा सेनाले गर्यो ‘कु’, एक वर्षका लागि संकटकाल घोषणा

म्यानमारमा सेनाले गर्यो ‘कु’, एक वर्षका लागि संकटकाल घोषणा
अ अ+ अ-

काठमाडौँ । म्यानमारमा सेनाले ‘कु’ गर्दै सत्ता आफ्नो हातमा लिएको छ । सोमबार बिहान सेनाले नेसनल लिग फर डेमोक्रेसी(एनएलडी) की नेतृ आङ सान सु कीलाई गएराति सेनाका अधिकारीहरुले अकस्मात नियन्त्रणमा लिएका थिए । उनलाई गिरफ्तार गर्दै  सेनाले सत्ता नियन्त्रणमा लिएको हो । उनी र पार्टीका अरु केही वरिष्ठ नेताहरुलाई पनि म्यानमारको सेनाले मध्यरातमा पक्राउ गरेको हो ।

(म्यानमारका सेना प्रमुख मिन आङ ह्लाइङ तस्बिर : रोयटर्स)

नेताहरुलाई पक्राउ गरेको केही घण्टापति सेनाले टेलिभिजनमार्फत म्यानमारको सत्ता आफ्नो नियन्त्रणमा रहेको र एक वर्षका लागि संकटकाल घोषणा गरिएको जनाएको छ । सेनाले म्यानमारको सत्ता सेनाप्रमुख मिन आङ ह्लाइङलाई सुम्पिएको जनाएको छ । बीबीसीका अनुसार राजधानी याङ्गूनका सडकमा सेनाको बाक्लो उपस्थिति रहेको छ । त्यस्तै बीबीसी बर्मेली सेवाका अनुसार राजधानी याङ्गूनमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ ।  

(म्यानमारको सरकारी टेलिभिजन कार्यालयमा गरिएको सेनाको तैनाथी तस्बिर : रोयटर्स)

सुकीको पार्टीका प्रबक्ता मायो न्युन्टलाई उदृत गर्दै रोयटर्सले जनाएअनुसार सुकीसहितका नेताहरुलाई त्यहांको सेनाले पक्राउ गरेको हो । उनीसंगै त्यहांको सत्तारुढ दल नेशनल लिग फर डेमोक्रेशीका अन्य नेताहरु पनि पक्राउ परेको बीबीसीको समाचारमा उल्लेख गरिएको छ । पक्राउ गरिएका नेताहरुलाई सेनाले कहां र कसरी राखेको छ भन्ने कुरा कतै उल्लेख गरिएको छैन । आज सोमबार बोलाइएको म्यानमारको संसद बैठक पनि रोक्न सेनाले भनेको छ । संसद बैठक चलिरहेका बेला नेत्री सुकीलाई यता सैनिकले हिरासतमा लिएको छ । 

म्यानमारमा केही महिना यतादेखि सेना र सरकारबीच खचपच शुरु भएको थियो । यसैबीचमा उनलाई सैनिक हिरासतमा लिइएपछि त्यहाँ सत्ता परिवर्तन हुन सक्ने आशंका गरिएको छ । उनी पहिले पनि तीन दशक लामो समयदेखि सैनिक हिरासतमा बस्नुभएको थियो । करिब पाँच वर्ष अघि म्यानमारमा सम्पन्न संसदीय निर्वाचनमा उनको दलले दुई तिहाइ बहुमत ल्याएपछि उनी सत्तामा थिईन । उनी म्यानमारको राष्ट्रिय सल्लाहकार र विदेश मन्त्री पनि हुन्।   

म्यानमारका राष्टपतिमाथि पनि यहाँको सेनाले निगरानी बढाएको बताइएको छ । यहाँका महत्वपूर्ण नेताहरुको निवासमा सैनिक निगरानी बढेको तथा राजधानी यांगुनमा ठूलो संख्यामा सैनिक उपस्थिति देखिएको बताइएको छ ।