४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद विघटनविरुद्ध कांग्रेसले आज ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले आज देशभर प्रदर्शन गर्दै छ । आज संसद विघटनको विरोधमा नेपाली कांग्रेसका सबै भ्रातृ संगठनहरुले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गर्न लागेका हुन् ।

काठमाडौंमा मध्याह्न १२ बजे त्रिचन्द्र क्याम्पसबाट जुलुस निकालेर शान्तिवाटीकामा पुगेर विरोधसभामा परिणत हुने कांग्रेस काठमाडौंले जनाएको छ ।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो । आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् ।