७ बैशाख २०८२, आईतवार
April 20, 2025 Sunday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 23.43

Wind: 1.54

Humidity: 68

Latest
स्वास्थ्यकर्मीको वृत्ति विकासका लागि ऐन संशोधन थालियो आँखा शिविरबाट चौध सय लाभान्वित बुटवलमा गोली प्रहारबाट घाइते युवतीको चितवनमा उपचार हुँदै प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित ‘जितगढी किल्लालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्छौं’ अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ मधेस प्रिमियर लिग : जनकपुर सनराइज र बलान बिहुल विजयी आन्दोलन निरन्तर चल्छः अध्यक्ष लिङदेन आगामी बजेट : आयोजनाको पुनःप्राथमिकीकरण गरी खर्च गर्नसक्नेलाई मात्र बजेट विनियोजन गर्न सुझाव आई. एम. ई. लाइफको इन्स्योरेन्सले नियुक्त गर्यो सरल सावाधिक सद्भावना दुत २०२५
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस परिवर्तनलाई संस्थागत गर्ने पक्षमा कहिल्यै उभिएनः शंकर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेको महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस परिवर्तन विरोधी शक्ति भएको बताउनुभएको छ ।

नेकपा एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई बुधबार सिन्धुलीमाढीमा सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाली कांग्रेस परिवर्तनको आन्दोलनमा सधैँ सँगै हुने भए पनि त्यसलाई संस्थागत गर्ने कुरामा भने विरुद्धमा उभिने गरेको बताउनुभयो । ‘जब परिवर्तनलाई संस्थागत गर्ने समय आउँछ कांग्रेसले सदैव आफूलाई परिवर्तनका विरुद्धमा उभ्याउने गरेको छ’, पोखरेलले भन्नुभयो ।

कांग्रेसले यो इतिहासलाई २००७, २०४६ र २०६३ मा पनि दोहोर्‍याएको उहाँले दाबी गर्नुभयो । कांग्रेसले हरेको आन्दोलनलाई सम्झौतामा गएर टुङ्ग्याउने र परिवर्तनलाई संस्थागत हुन नदिने गरेको उहाँले टिप्पणी गर्नुभयो ।

माओवादी आन्दोलनले नेपाली समाजमा परिवर्तनको हलचल ल्याएको भए पनि आजको परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट भएको हो भन्ने कुरा बिर्सन नहुने पोखरेलले बताउनुभयो । तर यो परिवर्तनको बाहक नै माओवादी हो भन्ने भाष्य निर्माण गर्ने काम भएको भन्दै उहाँले आपत्ति जनाउनुभयो ।

२०६३ को परिवर्तन पछि नेपाली कांग्रेसले आफ्नो भविष्य सुरक्षित गर्न गिरिजाप्रसाद कोइरालाले माओवादीलाई च्यापेको उहाँले बताउनुभयो । वामपन्थीमा विभाजन ल्याएर राज गर्ने नीति अनुरूप गिरिजाप्रसाद कोइरालाले त्यो कदम चालेको पोखरेलको भनाइ छ । आजका कम्युनिष्टहरुको दुर्गतिको बिउ चुनाव नै नलडेको माओवादीलाई एमाले सरह सिट दिएर गिरिजाप्रसादले रोपिदिएको उहाँले बताउनुभयो ।

अहिले जनतामा निराशा बढेको बताउँदै पोखरेलले जनतामा आशा जगाउन विगतमा भएका कमजोरी सच्याएर अघि बढ्नु पर्ने बताउनुभयो । अन्यथा नागरिकमा बढेको निराशा चिर्न नसकिने पोखरेलले स्पष्ट पार्नुभयो ।

देशलाई बलियो बनाउन बलियो राष्ट्रिय शक्ति आवश्यक रहेको बताउँदै पोखरेलले त्यसको लागि एमालेलाई बलियो राष्ट्रिय शक्ति बनाउनु पर्ने बताउनुभयो । त्यो सच्चाइलाई बुझेर पार्टीका नेता कार्यकर्ता पार्टी निर्माणको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । आफूले लिएको जिम्मेवारी पुरा गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो ।

पार्टीको अधिवेशनको बेलमा तँछाडमछाड गर्ने नर बैठक बस्ने बेलामा कोरम नै नपुग्ने परिपाटीले पार्टी नचल्ने उहाँले स्पष्ट पार्नुभयो । जनताको बिचमा नेताहरूलाई स्थापित गर्नुको सट्टा नेतालाई खुइल्याएर पार्टी नबन्ने उहाँले बताउनुभयो । ‘नेतृत्वलाई जनताको बिचमा स्थापित गर्ने कुरा पार्टी निर्माणको महत्त्वपूर्ण विषय हो’, उहाँले भन्नुभयो ।

राजनीतिक परिवर्तन भन्दा पनि समाज परिवर्तनको कुरा ठुलो भएको उहाँले बताउनुभयो । त्यसैले एमालेका नेता कार्यकर्ता समाज परिवर्तनको काममा लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । विचार नै शक्ति हो भन्ने कुरा बुझेर विचारबाट समाज परिवर्तनको काममा जुट्न पोखरेलले निर्देशन दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले वाग्मती प्रदेश अध्यक्ष कैलाशप्रसाद ढुङ्गेल, केन्द्रीय सदस्य गणेश पहाडी लगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिनुभएको थियो ।