४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले गरे नेपालकै ठूलो ढल्केबर सबस्टेसनको उद्घाटन



अ+ अ-

धनुषा । प्रधानमन्त्री केपी ओलीले नेपाल विद्युत् प्राधिकरणको ४ सय केभी क्षमताको सबस्टेसनको उद्घाटन गरेका छन् । सोमबार धनुषाको ढल्केबर पुगेका प्रधानमन्त्री ओलीले सबस्टेसन परिसरमै रहेको २२०/१३२ केभीको अर्को सबस्टेसनको पनि उद्घाटन गरेका हुन् । 

ढल्केबर सबस्टेसन नेपाल सरकार र विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको नेपालकै पहिलो ४ सय केभीको सबस्टेसन हो । २२०/१३२ केभीको सबस्टेसन विश्व बैंकको सहुलियत ऋणमा सरकार र प्राधिकरणको संयुक्त लगानीमा निर्माण गरिएको हो ।

प्रधानमन्त्री ओलीसँगै ऊर्जा मन्त्री टोपबहादुर रायमाझी र सहरी विकास मन्त्री प्रभु साह पनि ढल्केबरस्थित सवस्टेसनको उद्घाटन कार्यक्रममा सहभागी भएका छन् ।