• २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
  •   Unicode
Logo

च्याम्पियन्स लिगमा आज बार्सिलोनाले पिएसजीको र डर्टमण्डले एट्लेटिको मड्रिडको सामना गर्दै



काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा आज पनि मध्यरातमा दुई खेलहरु हुँदैछन् । क्वाटरफाइनलको पहिलो लेग अन्तरगत फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनले घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलोनाको सामना गर्दैछ ।

यस्तै जर्मन क्लब बोरुसिया डर्टमण्डले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग उसको घरेलु मैदानमा खेल्दैछ । दुबै खेलहरु मध्यराती १२ः४५ बजे सुरु हुनेछ ।

यी टोलीहरुको दोस्रो लेगको खेल आगामी हप्ता हुनेछ । यसअघि हिजो भएको खेलमा आर्सनल र बायर्न म्युनिखले २–२ गोलको बराबरी खेल्दा रियल मड्रिड र म्यान्चेस्टर सिटीबीचको खेल पनि ३–३ गोलको बराबरीमा सकिएको थियो ।