१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

के तपाई अनावश्यक व्यक्तिको फोन कलबाट हैरान हुनुहुन्छ ? यसरी पाउनुहोस् छुटकारा !



अ+ अ-

काठमाडौं । कुनै व्यक्तिले नम्बर पाएपछि बारम्बार फोन गरेर हैरान पार्ने गर्छन्। यस्तो समस्या विशेषगरी पुरुषको तुलनामा महिला बढी हुने गरेको छ। अपरिचित नम्बरबाट आउने फोन कलका कारण कतिको पारिवारिक जीवनमा पनि समस्या आउने गरेको छ । यस प्रकारको समस्याबाट कसरी छुटकारा पाउन सकिन्छ भन्ने सोचमा पक्कैपनि तपाई हुनुहुन्छ होला । तर अब चिन्ता लिनुपर्दैन मात्र तीन उपायले अब तपाईको समस्या सावधान हुनेछ। तपाईले इच्छाशक्ति देखाएको खण्डमा त्यस्ता बारम्बार फोन गर्ने व्यक्तिबाट सजिलै छुटकारा पाउन सकिन्छ। 

नम्बर ब्ल्याक लिस्टमा राख्ने : बजारमा उपलब्ध सबै ब्राण्डका स्मार्टफोनमा ब्ल्याक लिस्ट अप्सन उपलब्ध छ । तपाईको दुःख दिने फोन नम्बरलाई ब्ल्याक लिस्टमा राख्न सक्नुहुनेछ । ब्ल्याक लिस्टमा एक पटक नम्बर राखिसकेपछि सेटिङबाट सो नम्बर नहटाएसम्म उक्त नम्बरबाट तपाईको मोबाइल सेटमा फोन लाग्दैन।

एप्स : प्ले स्टोरबाट एप्स डाउनलोड गरेर पनि नम्बर ब्ल्याकलिस्टमा राख्न सकिन्छ। नम्बरलाई ब्ल्याकलिस्टमा राख्नका लागि प्ले स्टोरमा विभिन्न एप्स उपलब्ध छन् ।

कन्ट्याक सेटिङ : तपाई आफ्नो एड्रोयड वा आइओएसको कन्ट्याक लिस्टबाट रिसिभ गर्ने वा नगर्ने नम्बर छनोट गर्न सक्नु हुन्छ। यति गरेपछि नपाईले अनावश्यक मानिसले गरिरहने फोनको समस्याबाट छुट्कारा पाउनुहुनेछ।