• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

आईपीएलमा आज: अपराजित राजस्थान र गुजरात भिड्दै



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा आज राजस्थान रोयल्स (आरआर) र गुजरात टाइटन्स (जीटी) बीच खेल हुँदैछ । जयपुरको सवाई मानसिंह स्टेडियममा हुनलागेको सिजनको २४औँ खेल नेपाली समयअनुसार बेलुकाकाु ७:४५ बजेदेखि हुनेछ ।

२००८ को विजेता राजस्थानले १७ औं सिजनमा अहिलेसम्म ४ खेल खेलेको छ र सबै जितेको छ। टोली अंक तालिकाको शीर्ष स्थानमा छ । अर्कोतर्फ, २०२२को च्याम्पियन गुजरात ५ मध्ये २ जित र ३ हारका साथ सात नम्बरमा छ ।

हेड टु हेडमा गुजरात अगाडि

आईपीएलमा यी दुई टोलीबीच हालसम्म ५ खेल खेलिएका छन् । जसमध्ये गुजरातले ४ र राजस्थानले १ खेल जितेको छ ।

रियान पराग राजस्थानका सर्वाधिक रन स्कोरर

यस सिजनको पहिलो खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्स, दोस्रो खेलमा दिल्ली क्यापिटल्स, तेस्रो खेलमा मुम्बई इन्डियन्स र चौथो खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराएको थियो । टोलीका कप्तान सञ्जु सामसनले यो वर्ष पनि आफ्नो सुरुवाती फर्मलाई कायम राखेका छन् ।

राजस्थानका मिडल अर्डर ब्याट्सम्यान रियान पराग टोलीका सर्वाधिक रन स्कोरर हुन् । उनले ५ खेलमा १८५ रन बनाएका छन् । यो सिजनमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा उनी तेस्रो स्थानमा छन् । बलिङमा युजभेन्द्र चहल ८ विकेट लिएका छन् ।

गुजरातका लागि साई सुदर्शनको सर्वाधिक रन

पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएर गुजरातले राम्रो सुरुवात गरेको थियो । दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग पराजित भएको थियो भने तेस्रो खेलमा सनराइजर्स हैदरावादलाई पराजित गरेको थियो । तर, पछिल्ला दुई खेलमा गुजरातले पञ्जाब किंग्स र लखनउ सुपर जाइन्ट्ससँग हार बेहोरेको थियो ।

साई सुदर्शनले टिमको लागि सर्वाधिक १९१ रन बनाएका छन् । मोहित शर्मा ७ विकेट लिएका छन् ।

पिच रिपोर्ट

जयपुरको सवाई मानसिंह स्टेडियमको पिच ब्याट्सम्यान र बलर दुवैका लागि सहयोगी साबित हुन्छ। यस रंगशालामा हालसम्म ५५ आईपीएल खेल भइसकेका छन् । पहिले ब्याटिङ गर्ने टोलीले २० खेल जितेको छ भने लक्ष्य पछ्याउने टोलीले ३५ खेल जितेको छ।

मौसम अवस्था

आज जयपुरमा मौसम सफा रहने बताईएको छ । बुधबार यहाँको तापक्रम २४ देखि ३६ डिग्री सेल्सियसको बीचमा रहनेछ। वर्षाको सम्भावना बिल्कुलै छैन। हावाको गति ११ किलोमिटर प्रतिघण्टा रहनेछ ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ​ ११:

सञ्जु सैमसन (विकेटकीपर र कप्तान), यशस्वी जैसवाल, जोस बटलर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन अश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र आवेश खान।

ईम्प्याक्ट खेलाडी: शुभम दुबे, रोभमान पावेल।

गुजरात टाइटन्सको सम्भावित प्लेईङ​ ११:

शुभमन गिल (कप्तान), बीआर शरथ (विकेटकीपर), साई सुदर्शन, विजय शंकर, राहुल तेवाटिया, राशिद खान, नूर अहमद, स्पेन्सर जोन्सन, मोहित शर्मा, उमेश यादव र दर्शन नलकन्दे।

ईम्प्याक्ट खेलाडी: केन विलियमसन, म्याथ्यू वेड, शाहरुख खान।