१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

चिसो र हुस्सुका कारण जनजीवन कष्टकरः कोरोना सङ्क्रमण पनि बढ्दो

चिसो र हुस्सुका कारण जनजीवन कष्टकरः कोरोना सङ्क्रमण पनि बढ्दो
अ अ+ अ-

उदयपुर । केही दिनयतादेखि बढेको चिसोका कारण उदयपुरको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयवासीको जनजीवन कष्टकर बन्दै गएको छ ।

केही दिनयता बढेको अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला यहाँका अतिगरिब तथा विपन्न समुदायको जनजीवन नराम्ररी प्रभावित बनेको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा आगो बाल्न थालिएको छ । न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । केही दिनयतादेखि जिल्लामा हुस्सु र कुहिरो लाग्ने गरेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहलसमेत घटेको छ 

चिसो हुस्सुका कारण जनजीवन प्रभावित भइरहेकै बेला उदयपुरमा कोरोना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गएको छ । स्वास्थ्य कार्यालय उदयपुरका अनुसार एक हप्ताभित्र मात्र जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या दोब्बरले वृद्धि भएको छ । एक हप्ताअगाडि  जिल्लामा सङ्क्रमितको सङ्ख्या २३७ जना थियो भने बिहीबारसम्ममा जिल्लामा सङ्क्रमितको सङ्ख्या ५०४ पुगेको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । जिल्लाको आठवटा पालिकामा समुदायस्तरमा नै कोरोना भाइरस सङ्क्रमण वृद्धि हुँदै गइरहेको स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी चिरञ्जीवी निरौलाले बताउनुभयो ।

दैनिक चिसो र हुस्सु बढेपछि जिल्लाको ग्रामीण भेगका जनताको जनजीवन पनि निकै कष्टकर हुँदै गइरहेको बेला कोराना भाइरस सङ्क्रमण दर पनि तीव्र रुपमा वृद्धि हुँदै गइरहेको सरोकारवाला बताउँछन् । चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुरका वडाध्यक्ष देवनारायण चौधरीका अनुसार कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण यहाँको जनजीवन प्रभावित भइरहेको बेला चिसो र हुस्सुका कारण गाउँलेहरु घरभित्र आगो बालेर न्यानो लुगामा बस्न बाध्य हुने गरेका छन् ।
    
यस क्षेत्रमा बेलुकी ६ बजेदेखि दिउँसो १२ बजेसम्म हुस्सुका कारण गाउँघर सबै अन्धकारमय जस्तै देखिने गरेको बताइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक काम बाहेक मानिसहरु घरबाट बाहिर निस्किन सकेका छैनन् । जिल्लाको त्रियुगा नगरपालिका, चौदण्डी गढी नगरपालिकासहित कटारी नगरपालिका र बेलका नगरपालिकाका क्षेत्रका तराईका भू–भागहरुमा चिसो र हुस्सुका कारण एक हप्तायतादेखि जनजीवन नराम्ररी प्रभावित भएको त्यस क्षेत्रका स्थानीयवासी बताउँछन् । त्रिय्ुगा नगरपालिका–१ जोगिदहका स्थानीयवासी श्रीकान्त चौधरीले भन्नुभयो, “एक हप्तादेखि अत्यधिक चिसो र हुस्सुका कारण घरका गाईवस्तुहरु जङ्गल चराउन लान समस्या भइरहेको छ, दिनको १ बजेसम्म चिसोले जनजीवन प्रभावित बनाउने गरेको छ, बेलुकी ५ बजेदेखि नै हुस्सु सुरु हुँदा हिँड्डुल र आवतजावतमा समेत समस्या छ ।”

अस्पतालमा समेत चिसोका बिरामीहरु आउन थालेका छन् । कोभिडका कारण मास्कको प्रयोग र घरबाहिर ननिस्कने बानीले विगतमा जस्तो दम, निमोनिया, पखालाका बिरामीहरुमा केही कमी आएको भएपनि विगत केही दिनयतादेखि चिसोका बिरामी उपचारका लागि अस्पताल आउने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुका अनुसार चिसो एकदमै बढेको छ । यस्तो अवस्थामा एकदमै सजग हुनुपर्छ । चिसोबाट जोगिन तातो झोलिलो पेय पदार्थ पिउने, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कने, बृद्धबृद्धा, महिला तथा बालबालिकालाई न्यानोमा राख्न आवश्यक छ ।
    
एकातिर अत्यधिक चिसो बढेर गइरहेको छ भने अर्कातिर कोरोना भाइरस सङ्क्रमण पनि दिनानुदिन तीव्र रुपमा वृद्धि हुँदै गएका कारण अहिले यस क्षेत्रका जनताको जनजीवन निकै कष्टकर बन्दै गएको छ । रासस