७ भाद्र २०८३, आईतवार
,
Latest
दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात देशका विभिन्न स्थानमा वर्षा, केही पहाडी क्षेत्रमा भारी वर्षाको पूर्वानुमान आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता सुदूरपश्चिमका कला, संस्कृतिको संरक्षण र प्रचारप्रसार आवश्यक छ : प्रदेश प्रमुख मियाँ महावाणिज्य दूतावास जेद्दाद्वारा  श्रमिक सचेतना सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः आर्सनल र बायर्न तथा रियल र सिटीबीचको दुबै खेल बराबरीमा



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिखले बराबरी खेलेका छन् ।

क्वाटरफाइनलको पहिलो लेग अन्तरगत दुबै टिमले २–२ गोलको बराबरी खेलेका हुन् । घरेलु मैदान इमिरेट्समा खेलको १२ औं मिनेटमा बुकायो साकाले गोल गर्दै आर्सनलाई सुरुवाती अग्रता दिलाएका थिए ।

१८ औं मिनेटमा सर्ज गनाब्रीले गोल गर्दै बायर्नलाई १–१ गोलको बराबरीमा ल्याए । यता, ३२ औं मिनेटमा बायर्नले पेनाल्टी पायो । आर्सनलका डिफेन्डर विलियम सलिबाले बायर्नले लेरोई सानेलाई डि–बक्स भित्र लडाएपछि बायर्नले पेनाल्टी पाएको थियो ।

ह्यारी केनले उक्त मौकाको सदुपयोग गर्दै गोल गर्दा बायर्न २–१ गोलले अघि बढ्यो । यस्तै, खेलको ७६ औं मिनेटमा बैकल्पिक खेलाडीको रुपमा आएका लियान्ड्रो ट्रोसार्डले गोल गर्दै आर्सनलको हार टारे ।

यस्तै दोस्रो लेगकै अर्को खेलमा स्पेनिस क्लब रियल मड्रिड र इंग्लिस क्लब म्यान्चेस्ट सिटीले पनि बराबरी खेलेका छन् । रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा दुबै टिमले ३–३ गोलको बराबरी खेलेका हुन् ।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । १२ औं मिनेटमा सिटीका रुवेन डियाजले आत्मघाती गोल गरेपछि रियल १–१ गोलको बराबरीमा आयो ।

यता, १२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई २–१ गोलले अघि बढाए । ६६ औं मिनेटमा फिल फोडेनको गोलमा सिटी २–२ गोलको बराबरीमा आयो । ७१ औं मिनेटमा जोस्को भार्डिओलले गोल गर्दै सिटीलाई ३–२ गोलले अघि बढाए ।

तर, ७९ औं मिनेटमा फेडेरिक भाल्भर्डेले गोल गर्दै रियल मड्रिडलाई ३–३ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । अब दोस्रो लेगका खेलहरु आगामी हप्ता हुनेछ । जहाँ बायर्नले आर्सनलको स्वागत गर्दा सिटीले रियलको आतिथ्य गर्नेछ ।