काठमाडौ । म्यानमारमा भएको सैनिक ‘कु’को नेपालले औपचारिक रूपमा विरोध जनाएको छ । सोमबार साँझ परराष्ट्र मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दे गिरफ्तार गरिएका राष्ट्रपति उ विन मिन्ट तथा स्टेट काउन्सिलर आङ सान सुकी लगायत नेताहरु लाई तत्काल रिहाइ गर्न आग्रह गरिएको छ ।
परराष्ट्र मन्त्रालयले म्यानमारमा भएका विकासक्रमलाई नेपालले नजिकबाट नियालिरहेको जनाएको छ । बिज्ञप्तिमा भनिएको छ –हामी विश्वास गर्छौँ कि म्यानमारका जनताको चाहनालाई सबै पक्षले सम्मान गर्नेछन् अनि लोकतान्त्रिक तथा संवैधानिक प्रक्रिया चाँडै नै पुनस्थापना हुनेछ ।
मन्त्रालयले सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति मिन्ट तथा स्टेट काउन्सिलर सुकीको सुरक्षाबारे चिन्तासमेत व्यक्त गरेको छ ।