४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिसी प्रिमियर कप खेल्ने नेपाली टिम घोषणा



file photo: can
अ+ अ-

काठमाडौँ । ओमानमा अप्रिल १२ (चैत ३० देखि) हुने एसिसी प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ । एसियाली क्रिकेट काउन्सिल (एसिसी)ले प्रिमियर कप खेल्ने नेपालको १४ सदस्यीय टिम सार्वजनिक गरेको हो ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, सन्दीप जोरा, गुलशन झा, करण केसी, प्रतिश जिसी, विवेक यादव, अभिनास बोहरा, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह ।

कपमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह ‘बी’ मा आयोजक ओमानसहित युएई, कुवेत, बहराइन र कम्बोडिया छन् ।

टी–२० फर्म्याटमा हुने कपमा नेपालले पहिलो खेल मलेसियासँग ३० चैतमा खेल्नेछ । समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन् ।