५ श्रावण २०८३, मंगलवार
,
Latest
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति संघ, ‘स्वास्थ्य… शैक्षिक परामर्श क्षेत्रका लागि व्यवसायमैत्री नियमावली बनाउन बिर्तामोड उद्योग वाणिज्य संघको आग्रह हेटौँडामा नगर ‘ई लाइब्रेरी’ सञ्चालनमा ल्याइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आईसीसी क्रिकेट विश्वकप लिग २ : त्रिदेशीय शृंखलामा नामिबियासँग भिड्दै नेपाल अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै कर्णालीको विकासका प्राथमिकता बुझ्न स्थलगत अनुगमनमा मन्त्री लम्साल १३ स्थानीय तहले अझै ल्याएनन् चालु आवको बजेट संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगमा आज दुई खेल: आर्सनल र बायर्न तथा म्यान्चेस्टर सिटी र रियल मड्रिड भिड्दै



अ+ अ-

काठमाडौँ । लामो समयको प्रतिक्षापछि च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल खेल आज रातिबाट सुरु हुँदैछ । क्वाटरफाइनलको पहिलो लेग आज मध्यरातबाट सुरु हुने भएको हो ।

आज राति दुई खेलहरु हुँदैछन् । एकै समयमा (राति १२ः४५ बजे) इंग्लिस क्लब आर्सनल र जर्मन क्लब बायर्न म्युनिख तथा अर्को इंग्लिस क्लब म्यान्चेस्टर सिटी र स्पेनिस क्लब रियल मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।

आर्सनलको घरेलु मैदान इमिरेट्समा बायर्न म्युनिखले प्रतिस्पर्धा गर्नेछ भने रियलको घरेलु मैदान सान्टियागो बर्नबेउमा सिटीले रियलको सामना गर्नेछ । चारवटै टिम पहिलो लेगमा जित निकालेर दोस्रो लेगका लागि आफूलाई सहज बनाउन चाहन्छन् ।

रियलले समूह सी मा ६ खेलमा सबैमा जितसहित शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा स्थान बनाएको थियो भने समूह जी मा रहेको सिटीले पनि सबै ६ वटै खेल जितेर क्वाटरफाइनलमा प्रवेश गरेको थियो ।

यसैगरी, आर्सनल समूह बी को समूह विजेता बन्दै क्वाटरफाइनलमा आईपुगेको हो भने बायर्न पनि समूह ए को समूह विजेता बन्दै अन्तिम आठमा स्थान बनाएको हो । यी टोलीबीचको दोस्रो लेग १६ अप्रिलको मध्यरातमा हुनेछ ।

दुबै खेल प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।