१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकता दाबी गर्दै प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग जाँदै



अ+ अ-

काठमाडौं । आधिकारिकता दाबी गर्दै आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमा जाादै छन् । नेकपा नेता लिलामणि पोखरेलका अनुसार आज मध्याह्न निर्वाचन आयोगको कार्यालय जान लागिएको छ । 

सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । नेकपाको प्रचण्ड–नेपाल समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय गरेको छ । 

प्रतिनिधिसभा विघटनसँगै दुई भागमा विभाजित नेकपाको प्रचण्ड–नेपाल समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन समेत गरेको छ ।