१८ श्रावण २०८३, सोमबार
,
Latest
मुग्लिन–नारायणगढ सडकखण्डमा फेरि खस्याे पहिरो, दुईतर्फी सडक अवरुद्ध भलिबल संघको १९ वटा वार्षिक कार्यक्रम सार्वजनिक परराष्ट्र मन्त्रालयका सहसचिव भट्टराई पक्राउ सुनकोसी दुर्घटना: खसेको कारमा सवार थिए ३ जना राष्ट्रिय सभाको शुन्य समयः महँगी, सीमा विवाद र दलित आन्दोलनप्रति सरकारको ध्यानाकर्षण अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउनेः प्रजिअ मुग्लिन–नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा शिक्षामन्त्रीसँग मंगोलियाका पूर्वप्रधानमन्त्रीको शिष्टाचार भेटवार्ता तीस महिनामा सम्पन्न हुनुपर्ने ६२ किमी हुलाकी सडक दसवर्षमा बनेन बसको ठक्करपछि कार सुनकोशी नदीमा खस्यो, उद्धारका लागि प्रहरी टोली घटनास्थलतर्फ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षका लागि विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको बैठकमा समसामयिक राजनीतिक विषयमा समेत छलफल भएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षबाट उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त छ । सत्तागठबन्धन दलबाट राष्ट्रिय सभाको उपाध्यक्ष कसलाई बनाउने भन्ने निर्णय भएको छैन । वर्तमान गठबन्धन बनाउँदा एमाले र माओवादी केन्द्रबीच भएको सहमति अनुसार उपाध्यक्षमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको थियो । तर गठबन्धनमा नेकपा एकीकृत समाजवादी पनि सहभागी भएपछि पहिलेको सहमतिबारे कुनै उल्लेख गरिएको छ ।

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन् । गठबन्धनले साझा उम्मेदवार तय गर्ने जनाएका छन् ।