७ पुष २०८१, आईतवार
,
Latest
राजनीतिक स्थायित्वका लागि वर्तमान सरकारः नेता डा कोइराला ‘अचम्मै पो भो ! हिउँ नै परेन’ नुवाकोटमा बागमतीका मुख्यमन्त्री र भौतिक पूर्वाधार मन्त्रीद्धारा दुई पुलको शिलान्यास नेपाल प्रिमियर लिगः बिर्सिन नसकिने प्रतियोगिता छायाङ्कनमा निस्कन लागेको चलचित्र ‘सोल्टिनी’को पोस्टर सार्वजनिक क्रिसमसअघि क्षुद्रग्रह पृथ्वीको नजिकबाट जानेछ, पृथ्वीलाई कुनै खतरा ? एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा रविसहित ३१ जनाविरुद्धको अभियोग पत्र जिल्ला अदालतमा पेश शनिबारको भूकम्पबाट आठ घरमा क्षति, थप विवरण सङ्कलन हुँदै जनकपुर बोल्ट्सलाई प्रधानमन्त्रीको सम्मान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रवर्द्धनात्मक प्रदर्शनीमा नेपाल सहभागी



अ+ अ-

काठमाडौं । देशको पर्यटन प्रवर्द्धन गर्न क्यानाडाको राजधानी ओटावामा यही चैत २४ र २५ गते आयोजित यात्रासम्बन्धी प्रदर्शनीमा नेपाल सहभागी भएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी विविध सामग्री समावेश गरिएको थियो । प्रदर्शनीस्थलमा आएका जिज्ञासुहरूलाई ती सामग्री वितरण पनि गरिएको ओटावास्थित नेपालको राजदूतावासले जनाएको छ ।

प्रदर्शनीमा नेपालको पर्यटनबारे जानकारी दिने प्रवर्द्धनात्मक भिडियो प्रस्तुत गरिएको थियो भने नेपालबाट निर्यात हुने चिया, कफी, पस्मिनाका सल, हस्तकलाका सामग्री राखिएका थिए । प्रदर्शनीमा नेपालको विविधता झल्कने सांस्कृतिक एवं कलात्मक प्रस्तुति पनि समावेश गरिएको थियो ।

नेपालको प्रदर्शनीस्थलमा आएका धेरै आगन्तुकले नेपालका पर्यटकीय गन्तव्य, भ्रमण गर्ने उपयुक्त समय, नेपालको मौसम एवं तापक्रम र यहाँको भ्रमण गर्न उपयुक्त हुने यातायातका साधनबारे पनि जानकारी लिएका थिए ।

प्रदर्शनीमा यात्रा व्यवस्थापन गर्ने निकाय, होटल व्यवसायी, विमान कम्पनी, विभिन्न देशका यात्रा प्रवर्द्धक कम्पनी, ओटावास्थित विभिन्न देशका राजदूतावासले आफ्नो मुलुकका पर्यटकीय गन्तव्य एवं अन्य उत्पादनबारे सामग्री प्रस्तुत गरेका उक्त दूतावासले आज जारी गरेको विज्ञप्तिमा जनाइएको छ । रासस