७ भाद्र २०८३, आईतवार
,
Latest
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल हिलालसँग पराजित अल नासर साउदी सुपर कपबाट बाहिरियो, रोनाल्डोले पाए रातो कार्ड



अ+ अ-

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले साउदी सुपर कपमा हार बेहोरेको छ । दुबईको मोहम्मद बिन जायद स्टेडियममा भएको सेमिफाइनल खेलमा अल हिलालसँग नासर २–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ६१ औं मिनेटमा सलिम अलदावारसीले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा माल्कोमले गोल थप्दै हिलालको अग्रता दोब्बर पारे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+९ औं मिनेटमा साडियो मानेले गोल गरेपनि अल नासरको हार टार्न सकेनन् । खेलको ८६ औं मिनेटमा रोनाल्डोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

बल मैदानबाट बाहिँर जाँदा थ्रो गर्ने क्रममा उनले अल हिलालका अलि अलबुलायहीलाई धक्का प्रहार गरेका थिए । रोनाल्डोले त्यसरी हातले धक्का हान्दै ठेलेपछि खेलमा तनाव समेत उत्पन्न भएको थियो । त्यसपछि रेफ्रिले रोनाल्डोलाई रातो कार्ड देखाए ।

विजयी अल हिलालले फाइनलमा अल इतिहाडको सामना गर्नेछ । फाइनल खेल बिहीबार हुनेछ ।