४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

अल हिलालसँग पराजित अल नासर साउदी सुपर कपबाट बाहिरियो, रोनाल्डोले पाए रातो कार्ड



अ+ अ-

काठमाडौँ । क्रिस्टियानो रोनाल्डो आवद्ध अल नासरले साउदी सुपर कपमा हार बेहोरेको छ । दुबईको मोहम्मद बिन जायद स्टेडियममा भएको सेमिफाइनल खेलमा अल हिलालसँग नासर २–१ गोलले स्तब्ध बनेको हो ।

खेलको ६१ औं मिनेटमा सलिम अलदावारसीले गोल गर्दै अल हिलाललाई सुरुवाती अग्रता दिलाएका थिए । ७२ औं मिनेटमा माल्कोमले गोल थप्दै हिलालको अग्रता दोब्बर पारे ।

खेल सकिनै लाग्दा इन्जुरी समयमा ९०+९ औं मिनेटमा साडियो मानेले गोल गरेपनि अल नासरको हार टार्न सकेनन् । खेलको ८६ औं मिनेटमा रोनाल्डोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

बल मैदानबाट बाहिँर जाँदा थ्रो गर्ने क्रममा उनले अल हिलालका अलि अलबुलायहीलाई धक्का प्रहार गरेका थिए । रोनाल्डोले त्यसरी हातले धक्का हान्दै ठेलेपछि खेलमा तनाव समेत उत्पन्न भएको थियो । त्यसपछि रेफ्रिले रोनाल्डोलाई रातो कार्ड देखाए ।

विजयी अल हिलालले फाइनलमा अल इतिहाडको सामना गर्नेछ । फाइनल खेल बिहीबार हुनेछ ।