४ पुष २०८२, शुक्रबार
,
Latest
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले विश्वकपअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग खेल्ने



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आइसीसी टि–२० विश्वकपअघि घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ सँग सिरिज खेल्ने भएको छ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग ५ टि२० खेल खेल्ने भएको हो । सिरिज अप्रिल २५ देखि ५ मेसम्म चल्नेछ । एसीसी मेन्स प्रिमियर कप खेलेर फर्केपछि नेपालले यो सिरिज खेल्नेछ ।

प्रिमियर कप अप्रिल १२ देखि २१ सम्म ओमानमा सञ्चालन हुँदैछ । हाल भारतमा रहेको नेपाली टोली त्यहीँबाट सिधै ओमान प्रस्थान गर्नेछ ।

जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । नेपाल समूह डी मा रहेको छ । नेपालसँगै यस समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।