१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधिकारिकताको माग गर्दै नेपाल–दाहाल पक्ष निर्वाचन आयोगमा (निवेदन सहित)



अ+ अ-

काठमाडौं । नेकपा नेपाल –दाहाल समूहले आफुहरुले नेतृत्व गरेको पक्षनै आधिकारिक  भएको दाबी सहित निर्वाचन आयोगमा पत्र बुझाएका छन् । पत्र सहित सो समूहका अध्यक्ष माधवकुमार नेपाल र पुष्पकमल  दाहाल सहितका नेताहरु निर्वाचन  आयोगमा गै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गर्नुभएको थियो ।

यस अघि आयोगले बोलाएको छलफलमा नेताहरु पूर्बनिर्धारित कार्यक्रममा सहभागी हुनु परेका  कारण सहभागिता जनाउन नसकिने भन्दै नेता राजेन्द्र पाण्डे पत्र बुझाएर फर्कनु भएको थियो ।

सोमबार बसेको सो समुहको बैठक ले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै पत्र बुझाउने निर्णय गरेको थियो । 

हेर्नुहाेस् निर्वाचन आयाेगमा बुझाइएकाे पत्र