२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबारको बजारमा यस्तो छ तरकारीको मूल्य



अ+ अ-

काठमाडौँ । मंगलबार नेपाली बजारमा केही तरकारीको मूल्यमा घटबढ भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजारका अनुसार अहिले आलु किलोको २४ देखि २८ रुपैयाँ छ भने प्याजको थोक मूल्य किलोको ७० देखि ७५ रुपैयाँ रहेको छ । आजको बजारमा सबै भन्दा महङगो प्याजको मूल्य रहेको छ । 

त्यस्तै आज गोलभेडाको मूल्य किलोको ४० देखि ५० रुपैयाँ, गाँजर किलोको ४० देखि ५०, काउली किलोको २५ देखि ३५ रुपैयाँ र बन्दा किलोको १५ देखि २० रुपैयाँमा किनबेच भइरहेको छ ।

त्यस्तै भिण्डी किलोको ९० देखि १००, लौका किलोको ५० देखि ६०, घिउ सिमि किलोको ६० देखि ७०, भेण्टा किलोको ४५ देखि ५५, फर्सी किलोको ४० देखि ५०, बरेला किलोको ४० देखि ४५, रायोको साग ४० देखि ५० र मुला किलोको १५ देखि २० मा किनबेच भइरहेको छ । साथै अनेक तरकारी, फलफुल र माछा मासुको मूल्य पनि तोकिएको छ र सोही अनुसार बिक्री वितरण भइरहेको तरकारी बजारले जनाइको छ ।