२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक मोबाइल नम्बरको मूल्य ११ करोड रुपैयाँ



अ+ अ-

एजेन्सी । तपाईले मनपर्ने कारको लागि विशेष नम्बर प्लेट किन्ने माग हुने गरेको धेरै पटक सुन्नु भएको छ। धेरै पटक मानिसहरूले ठूलो रकम तिरेर एक विशेष नम्बरको लागि नोट पनि किन्छन् । यसैबीच विशिष्ट मोबाइल नम्बरहरूको लागि पनि यस्तो प्रतिस्पर्धा भएको छ ।

जब मानिसहरूले चाहेको रकम तिरेर विशेष मोबाइल नम्बर किन्छन् । तर के तपाईंले कहिल्यै सोच्नुभएको छ कि यसको रकम कति हुन सक्छ ? सायद छैन ।

हालै दुबईमा विशेष मोबाइल नम्बरका लागि बिडिङ भएको थियो । यो बोली नेपाली मुद्रा अनुसार ३५ लाख रुपैयाँको थियो । यो छोटो समयमै ११ करोड रुपैयाँसम्म पुग्यो ।

दुबईमा च्यारिटीको लागि लिलामी आयोजना गरिएको थियो । जसमा युनिक नम्बर प्लेट र मोबाइल नम्बरका लागि बिडिङ गरिएको थियो । यो अभियान दुबईका शासक तथा युएईका उपराष्ट्रपति शेख मोहम्मद बिन रसिद अल मकतौमले सुरु गरेका हुन् । जसमा करिब १० फेन्सी कार नम्बर प्लेट र २१ वटा एक्सक्लुसिभ मोबाइल नम्बर लिलामीमा परेका थिए ।

यसमा सबैभन्दा बढी मूल्यमा बिक्री भएको मोबाइल नम्बर ०५८–७७७७७७७ थियो । खलीज टाइम्सका अनुसार यस मोबाइल नम्बरको लागि करिब ३५ लाख रुपैयाँमा बिडिङ सुरु भएको थियो । तर यो मूल्य बढ्न धेरै समय लागेन । केही समयमै यो नम्बरको बोली ३२००००० एइडी (११ करोड ६५ लाख) रुपैयाँ पुग्यो ।

यस लिलामीबाट करिब १३७ करोड रुपैयाँ उठ्नेछ । गत वर्ष यस्तै लिलामीमा पी ७ नामक प्लेटको लागि सबैभन्दा बढी बोली लागेको थियो । जुन करिब १९८ करोड रुपैयाँमा लिलामी भएको थियो । ११ करोडमा सिम बिक्री भएको खबर भाइरल भएपछि प्रयोगकर्ताले यसमा धेरै प्रतिक्रिया दिइरहेका छन् ।