२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुभमन गिललाई हेर्न १२ हजार किलोमिटरको यात्रा गरे दुई साना फ्यानले



अ+ अ-

एजेन्सी । आइतबार आईपीएलमा गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीचको खेल भयो । लखनउको एकना स्टेडियममा भएको खेलमा लखनउले गुजरातलाई ३३ रनले पराजित गर्यो । यसैबीच सामाजिक सञ्जालमा एउटा तस्बिर निकै भाइरल भइरहेको छ ।

वास्तवमा, गुजरातका कप्तान शुभमन गिलका फ्यान दुई साना बच्चाहरू करिब १२ हजार किलोमिटरको यात्रा गरेर आफ्नो मनपर्ने खेलाडीलाई समर्थन गर्न न्यूजिल्याण्डबाट आएका थिए ।

दुबै साना केटाकेटीहरू लखनउको एकना स्टेडियममा पोस्टरहरू सहित आफ्नो मनपर्ने शुभमन गिललाई समर्थन गर्दै देखिएका थिए ।

लखनऊको एकना स्टेडियममा पुगेका दुई साना बालबालिकाले पोस्टरमा लेखिए अनुसार उनीहरुले न्यूजिल्याण्डको क्राइस्टचर्चबाट करिब १२ हजार किलोमिटरको दुरी तय गरेका छन् । उनीहरुले थप लेखेका छन् कि शुभमन गिल र केन विलियमसनलाई आईपीएलमा ब्याटिङ गरेको हेर्न चाहन्छन् ।

यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यस बाहेक सामाजिक संजाल प्रयोगकर्ताहरुले लगातार कमेन्ट गरेर आफ्नो प्रतिक्रिया दिइरहेका छन् ।