४ पुष २०८२, शुक्रबार
,
Latest
कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा एमाले राष्ट्रिय झण्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली पार्टी होइनः ओली एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी छ–ओली रवि लामिछाने चितवनमा, स्थलमार्ग हुँदै भैरहवातर्फ प्रस्थान अनलाइन घोटालाविरुद्ध वैश्विक पहल कांग्रेस अर्घाखाँचीद्वारा प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन इयुको ९० अर्ब युरो सहयोग सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेफिल्ड युनाइटेडसँग बराबरीमा रोकियो चेल्सी



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले बराबरी खेलेको छ । गएराति भएको खेलमो चेल्सीले शेफिल्ड युनाइटेडसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।

शेफिल्डको घरेलु मैदानमा सुरुवाती अग्रता भने चेल्सीले लिएको थियो । खेलको ११ औं मिनेटमा टियागो सिल्भाले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए र ३२ औं मिनेटमा जेडेन बोगलीले गोल गर्दै शेफिल्डलाई १–१ को बराबरीमा ल्याए ।

यता, ६६ औं मिनेटमा नोनी माडुकेले गोल गर्दै चेल्सीलाई २–१ ले अघि बढाए । खेल सकिनै लाग्दा इन्जुरी समयमा ओली म्याकबर्नीले गोल गर्दै शेफिल्डलाई २–२ को बराबरीमा ल्याएर हारबाट जोगाए ।

बराबरीसँगै चेल्सी ३० खेलबाट ४४ अंकका साथ १० औं स्थानमा छ भने शेफिल्ड ३१ खेलबाट १६ अंकसहित पुछारमा छ ।