४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप १७९ जनामा संक्रमण पुष्टि, २५९ जना डिस्चार्ज



अ+ अ-

काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख ७१ हजार २ सय ८९ पुगेको छ ।

मन्त्रालयका अनुसार मंगलबार थप २५९ जना कोरोना संक्रमणबाट निको भएसँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ  भने अहिलेसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएका छन् ।

पछिल्लो २४ घन्टामा थप एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।