७ भाद्र २०८३, आईतवार
,
Latest
सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य विपन्न परिवारले पाए भूकम्प प्रतिरोधी घर  कक्षाकोठा अभाव झेल्दै आएको सुकुर्दुङको विद्यालयमा थपिए १२ कोठा पूर्वी नाकाबाट २४ अर्बको कृषिजन्य वस्तु आयात
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर युनाइटेडसँग लिभरपुलले अंक बाँड्यो, शीर्षस्थानमा उक्लने मौका गुमायो



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड र लिभरपुलले बराबरी खेलेका छन् ।

भर्खरै सम्पन्न खेलमा दुबै टोलीले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् । युनाइटेडको घरेलु मैदान वल्र्ड ट्राफोर्डमा खेलको २३ औं मिनेटमा लुइस डियाजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए ।

५० औं मिनेटमा ब्रुनो फर्नान्डेजले झण्डै सेन्टरबाट सुन्दर गोल गर्दै युनाइटेडलाई १–१ गोलको बराबरीमा ल्याए । ६७ औं मिनेटमा कोबी मानिओले गोल गर्दै युनाइटेडलाई २–१ गोलले अघि बढाए ।

तर, ८४ औं मिनेटमा मोहम्मद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई २–२ गोलको बराबरीमा ल्याउँदै हारबाट जोगाए । यो नतिजासँगै प्रिमियर लिग उपाधि होड थप रोमाञ्चक बनेको छ ।

३१ खेलबाट ७१ अंकसहित आर्सनल शीर्षस्थानमा रहँदा समान खेलबाट समान अंक रहेको लिभरपुल गोल डिफरेन्सको आधारमा दोस्रो स्थानमा छ । यस्तै, म्यान्चेस्टर सिटी ७० अंकसहित तेस्रो स्थानमा रहँदा युनाइटेड४९ कका साथ छैटौं स्थानमा छ ।