२२ मंसिर २०८२, सोमबार
,
Latest
नेपालगन्जको ‘कस्मेटिक’ गोदाममा आगलागी पञ्चाङ्ग निर्णायक समितिमा २०८३ सालको पात्रोलाई स्वीकृति दिने प्रक्रिया अवरुद्ध नेताहरुको लुट, भ्रष्टाचार र ऋण आतंकले नेपाल ग्रेलिष्टमा पुग्योः प्रभु साह कुवेतमा अलपत्र महिला कामदारको तत्काल उद्धार गर्न प्रधानमन्त्रीको निर्देश यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरु सर्वोच्चद्वारा हितेन्द्रदेवलाई पुनः प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्वहाली गर्न परमादेश सुरेश रजकलाई शहीद घोषणा गर्ने सरकारको निर्णय चुली ढडमेला सामुदायिक वन उपभोक्ता समूहका तत्कालीन पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर सरकारप्रति अधिकारकर्मीहरुको असन्तुष्टि सिटी सफारी चालक हत्या प्रकरणमा सात जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा मुम्बईको पहिलो जित, दिल्लीलाई २९ रनले हरायो



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग–२०२४ (आईपीएल) मा मुम्बई इन्डियन्स (एमआई)ले पहिलो जित हात पारेको छ ।

टोलीले चालु सिजनको २० औं खेलमा दिल्ली क्यापिटल्स (डीसी) लाई २९ रनले पराजित गरेको हो ।

आइतबार वानखेडे रंगशालामा भएको डबल हेडरको पहिलो खेलमा दिल्लीले टस जितेर बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २३४ रन बनाएको थियो ।

जवाफमा दिल्लीले २० ओभरमा ८ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सक्यो ।

मुम्बईको इनिङ्सको अन्तिम ओभरमा ३२ रन बन्यो । रोमारियो शेफर्डले एनरिके नोर्ट्याका सबै ६ बलमा बाउन्ड्री प्रहार गरे । जसमा ४ छक्का र २ चौका थिए ।

शेफर्डले १० बलमा ३९ रन बनाए भने टिम डेभिडले २१ बलमा ४५ रन बनाए । दुवैले ५३ रनको अविजित साझेदारी गरे । रोहित शर्माले ४९ र इशान किशनले ४२ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले ३३ बलमा ३९ रन बनाए । अक्षर पटेलले दुई विकेट लिए ।

२३५ रनको विशाल लक्ष्य पछ्याएको दिल्लीको टोलीले २० ओभरमा आठ विकेट गुमाएर २०५ रन मात्रै बनाउन सकेको थियो । १९ औं ओभरसम्म दिल्लीले २०१ रन बनाएको थियो भने मुम्बईले २०२ रन बनाएको थियो । शेफर्डको ३२ रन निर्णायक साबित भयो ।

पाँच खेलमा चौथो हारसँगै दिल्लीको टोली अंक तालिकाको पुछारको १० औं स्थानमा झरेको छ । योसँगै लगातार तीन खेल हारेर पहिलो जित दर्ता गर्दै मुम्बईको टोली आठौं स्थानमा पुगेको छ । दिल्लीको अर्को खेल अप्रिल १२ मा लखनऊ सुपर जायन्ट्ससँग एकनामा हुनेछ । त्यस्तै, मुम्बईको टोलीले अप्रिल ११ मा वानखेडेमा रोयल च्यालेन्जर्स बैंग्लोरको सामना गर्नेछ ।