१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिलाको चरित्र हत्या गर्ने मेरो नेता हुन सक्दैनः मोहना अन्सारी



अ+ अ-

काठमाडौं । राष्ट्रिय मानब अधिकार आयोगका पूर्व सदस्य एबं अधिकारकर्मी  मोहना अन्सारीले महिलाको चरित्र हत्या गर्ने  नेता हुनै नसक्ने  जनाउनु भएको छ ।   नेपालका हर क्षेत्रमा महिला हिंसाको अवस्था रहेको उल्लेख गर्दे अन्सारीले भन्नुभएको छ– राजनीतिक दलहरुमै पनि अर्थात् दलहरुभित्रै पनि महिला हिंसाको अवस्था रहेको छ यो हाम्रो विडम्बना हो । 

उहाँले कुन परिस्थिति र के विषयलाई इंगित गरेको हो भन्ने कुरा त स्पष्ट छैन, तर संकेत स्पष्ट छ कि राजनीतिक दलभित्र पनि महिलामाथि हिंसा भने छ । अहिले पनि महिलामाथि हिंसा जारी छ, त्यो राजनीतिक दलदेखि धेरै क्षेत्रमा व्याप्त छ । 

उहाँले आफ्नो फेसबुक स्टाटसमा भन्नुभएको छ : ‘‘यो हाम्रो विडम्बना हो । हामीले सांस्कृतिक आन्दोलनलाई ग्लोरीफाई गर्दै त्यसको सबै खराबूलाई अंगालो हाली रहेका छैं ।

म कहिले पनि कुनै पनि सांस्कृतिक गलतलाई अंगाल्न सकिन । कम्युनिष्ट हुनुको पनि यहि पीडा छ । महिलाको चरित्र हत्या गर्ने मेरो नेता हुन सक्दैन वा गाली गलौज गर्ने मानिस मेरो नेता हुन सक्दैन । यी सबै समाजका विष हुन । जसको कारणले आज हाम्रा युवा गुमराह वा अन्यौलमा छन् ।’’