• २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
  •   Unicode
Logo

आईपीएलमा आज: अन्तिममा रहेको मुम्बई र दिल्ली खेल्दै



एजेन्सी । आईपीएल २०२४ मा आज डबल हेडर अर्थात् दुई खेल हुनेछन् । आइतबारको पहिलो खेल मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । मुम्बईको वानखेडे स्टेडियममा हुनलागेको खेल दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । टस ३:१५ बजे हुनेछ ।

मुम्बई इन्डियन्सले यो सिजन एक खेल पनि जित्न सकेको छैन । जहाँ दिल्लीले विशाखापट्टनममा चेन्नईविरुद्ध २० रनले जित हासिल गरेको थियो। अंक तालिकामा दिल्ली ९ नम्बरमा र मुम्बई अन्तिम स्थानमा छ ।

आजको खेलमा तीन महिनादेखि घाइते मुम्बईका ब्याट्सम्यान सूर्यकुमार यादव पुनरागमनको तयारीमा छन् ।

हेड टु हेड

आईपीएलमा हालसम्म यी दुई टोलीबीच कुल ३३ खेल खेलिएका छन् । जसमध्ये दिल्लीले १५ जितेको छ भने मुम्बईले १८ जितेको छ । वानखेडे रंगशालामा भने यी दुई ९ पटक आमनेसामने भएका छन् । जसमध्ये एमआईले ६ पटक र दिल्लीले ३ पटक जितेको छ ।

आज मुम्बईको लागि ओपनिङमा रोहित शर्मा र इशान किशन दुवैबाट राम्रो सुरुवातको अपेक्षा गरिएको छ । तिलक वर्माले मिडल अर्डरमा राम्रो प्रदर्शन गरिरहेका छन् । उनी टोलीका सर्वाधिक रनकर्ता हुन् ।बलिङतर्फ आकाश माधवाल चम्किएका छन् । उनले यो सिजनको आफ्नो पहिलो खेलमा उनले राजस्थान रोयल्सविरुद्ध ३ विकेट लिएका थिए ।

यस्तै, डिसीका लागि फर्किएका कप्तान ऋषभ पन्तले लगातार दुई अर्धशतक बनाएर उत्कृष्ट प्रदर्शन गरेका छन् । डिसीका अन्य ब्याट्सम्यानले भने खासै राम्रो गर्न सकेका छैनन् । डेभिड वार्नर (१४८ रन) र ट्रिस्टन स्टब्स (१०३) अलिकति राम्रो छन् । बायाँ हाते तेज बलर खलिल अहमदले बलिङमा प्रभावशाली प्रदर्शन गरिरहेका छन् । यो सिजनमा उनले ६ विकेट लिएका छन् ।

दिल्ली क्यापिटल्सका तेज बलर मुकेश कुमार र स्पिनर कुलदीप यादव घाइते भएका छन् । मुकेश कुमार चेन्नईविरुद्धको खेलमा ह्यामस्ट्रिङको चोटका कारण बाहिर भएका थिए । जबकि कुलदीप यादव तिघ्राको चोटका कारण अन्तिम २ खेलबाट बाहिर छन् । उसले केही खेल गुमाउन सक्छ।

पिच रिपोर्ट

वानखेडेको पिच सामान्यतया बलरभन्दा ब्याट्सम्यानलाई बढी सहयोगी साबित हुन्छ। हाई स्कोरिङ खेलहरू यहाँ खेलिएका छन्। यहाँ पेसर्सले पनि सहयोग पाउँछन् । विशेष गरी यहाँको स्विङ र बाउन्स नयाँ बलसँग राम्रो हुन्छ।

अहिलेसम्म यहाँ ११०आईपीएल खेलहरू खेलिएका छन्। ५० खेलमा पहिलो इनिङ्समा ब्याटिङ गरेको टोलीले र ६० खेलमा पछ्याउने टोलीले जित हासिल गरेको छ ।

मौसम अवस्था

सोमबार मुम्बईमा मौसम राम्रो रहनेछ। पानी पर्ने कुनै सम्भावना छैन । तापमान २४ देखि३४ डिग्री सेल्सियस सम्म हुन सक्छ।

मुम्बई इन्डियन्सको सम्भावित प्लेईङ ११:

हार्दिक पाण्डेय (कप्तान), रोहित शर्मा, इशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, तिलक वर्मा, रोमारियो शेफर्ड, टिम डेभिड, पियुष चावला, आकाश माधवाल, जेराल्ड कोएट्जी र जसप्रित बुमराह।
इम्प्याक्ट प्लेयर: नमन धीर

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (विकेटकीपररकप्तान), पृथ्वी शा, डेभिड वार्नर, मिचेल मार्स, ट्रिस्टन स्टब्स, अभिषेक पोरेल, अक्षर पटेल, सुमित कुमार, झे रिचर्डसन, इशान्त शर्मा, खलील अहमद।
इम्प्याक्ट खेलाडी: रसिक सलाम