• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं। महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले बताउनु भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३ सय २८ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि विरतण गरिने छ ।