• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   ०८४ को निर्वाचनलाई उपयोग गरेर जाने हो: नेत्रविक्रम चन्द ‘विप्लव’ ★   सुनील नारायणले राखे लाजमर्दो कीर्तिमान ★   सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार? ★   किसानलाई मौरीसहितको घार अनुदानमा ★   भरतपुरमा विद्यार्थी लिन गएको स्कुल बसमा आगजनी ★   राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालको राजीनामा स्वीकृत ★   एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार ★   भाँगो र आलुसँग चामल साटेर गुजारा गर्दै बागलुङको रमुवाका बासिन्दा ★   गृहमन्त्रीमाथि संसदीय छानबिन समिति बनाएर छानबिन गर्न प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ: काँग्रेस ★   कीर्तिमानी कामीरिता, २९औं पटक सगरमाथा शिखरमा

महालक्ष्मी विकास बैंकले ९.२६ प्रतिशत लाभांश दिने घोषणा



काठमाडौं। महालक्ष्मी विकास बैंकले शेयरधनीहरुलाई ९.२६ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.२६ प्रतिशत बोनस शेयर (बोनस शेयरमा लाग्ने करसमेत) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सोमराज पन्तले बताउनु भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ७ करोड २० लाख ६१ हजार ३ सय २८ रुपियाँ छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि विरतण गरिने छ ।