९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

नेपाली मूलका किशाेर साैरियन सापकाेटा देखिने भए नेटफ्लिक्स सिरिजमा

नेपाली मूलका किशाेर साैरियन सापकाेटा देखिने भए नेटफ्लिक्स सिरिजमा
अ अ+ अ-

काठमाडौं । इन्टरनेटको माध्यमबाट फिल्म र सिरियलहरु प्रसार गरिरहेको लोकप्रिय माध्यम  ‘नेटफ्लिक्स’ ले १० शृंखलाको ‘द मिडनाइट क्लब’ छायाँकन गर्न लागेको छ । नेटफ्लिक्सको ब्यानरमा वर्षैभरि विभिन्न फिल्म र शृंखलाहरु बनिरहेका पाइन्छन् ।

यसपटक भने नेटफ्लिक्सले बनाउन लागेको ‘द मिडनाइट क्लब’ शृंखला नेपाल र नेपालीका लागि नयाँ सन्देश दिन लागेको छ किनभने यस शृंखलामा नेपाली मूलका किशोर सौरियन सापकोटा एक प्रमुख कलाकारका रुपमा छानिएका छन्। १९ वर्षीय सौरियन हाल न्युयोर्क स्टेट युनिर्भसिटीमा अभिनय मुख्य विषय लिएर दोस्रो वर्षमा अध्ययनरत छन् ।

क्रिस्टोफर पाइकको निकै लोकप्रिय उपन्यास ‘द मिडनाइट क्लब’ मा आधारित यो शृंखलाको छायांकन आगामी वसन्त याममा शुरु हुनेछ। यो सिरिज माइक फ्लानागन र लेह फंगले निर्देशन गर्न लागेको भेराइटी म्यागाजिनले जनाएको छ ।

यो शृंखला नेटफ्लीक्सको डरत्रासले भरिपूर्ण (हरर फिल्म) शृंखलाको एक कडी हो । सन् १९९४ मा प्रकाशित पाइकको उपन्यासमा दीर्घरोगी केही किशोरवयका केटाकेटीका सुपरनेचरल कथा समेटिएको छ । शृंखलामा सापकोटा सहित अडिया, इग्बी रिग्ने, रुथ कड, अया फुरुकावा, अन्नारहा शेफर्ड, विलियम क्रिस सम्टर लगायतका कलाकारहरु मुख्य भूमिकामा रहने छन् भने ज्याच गिलफोर्ड, म्याट बिडेल र समान्था स्लोयानले सहायक भूमिका निर्वाह गर्नेछन् ।

रोटरड्याम होमका चिकित्सकको भूमिकामा हिथर लागेनक्याम्प रहने छन् ।माध्यमिक तहमा थिएटर विषय अध्ययन गरेका सापकोटाले प्रतिष्ठित न्युयोर्क स्टेट युनिभर्सिटीमा अध्ययन गर्ने मौका पाए । विद्यालयमा हुने विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाउने गरेका उनले धेरै पटक पुरस्कार पनि जितेका छन्। उनले जर्जियाको गुइनेट काउन्टीमा हुने चलचित्र महोत्सवमा लगातार ४ वर्ष पुरस्कार जितेका छन्।

द मिडनाइट क्लव सिरिजमा एकजना मुख्य कलाकारका रुपमा सौरियन छनौट भएकोमा परिवारजन निकै खुशी देखिएका छन् । शृंखलाको सुटिङ आगामी मार्च महिनादेखि क्यानाडामा हुने भेराइटीले जनाएको छ। आफ्नो पहिलो प्रोजेक्ट भएकाले यसलाई स्मरणयोग्य बनाउन प्रयास गर्ने सौरियनको भनाई छ ।