१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

जनतालाई किन दुःख दिनुपर्यो ?

जनतालाई किन दुःख दिनुपर्यो  ?
अ अ+ अ-

 काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले के बिगारेका थिए र ‘नेपाल बन्द’को आयोजना गरेको भनेर बन्दकर्तालाई प्रश्न गर्नुभएको छ ।     नेपाल भूमिहीन सुकुम्बासी सङ्गठनको राष्ट्रिय भेलालाई बुधबार  सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समुहका का अध्यक्ष ओलीले “जनताले के बिगार गरेका थिए र नेपाल बन्द गरेर जनतालाई किन दुःख दिनुप¥यो ” भनी प्रश्न गर्नुभएको हो । उहाँले जनताले बन्द नभई निर्वाचन चाहेको बताउनुभयो ।  

 “बन्द भनेपछि हिँडडुल गर्न पाइएन । केही किन्न जान पाइएन । पढ्न जान पाइएन । जनताले बन्द चाहेका छैनन्, जनताले निर्वाचन चाहेका छन्”, उहाँले भन्नुभयो । उहाँले कम्युनिष्ट पार्टीको सरकार ढाल्ने, पार्टी फुटाउने र धुलो पार्न खोज्ने, कम्युनिष्ट पार्टीको बदनाम गर्न खोज्नेले कम्युनिष्ट क्रान्तिकारीको गफ दिएको आरोप लगाउनुभयो । उहाँले अब सबै एकताबद्ध सही निर्णयका साथ गतिका साथ अगाडि बढ्ने र ‘समृद्ध नेपाल, र सुखी नेपाली’को आकाङ्क्षा पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताले आफूहरुलाई मतदान गर्ने भएकाले नेकपाको बहुमत आउने दाबी गर्नुभयो । 

 उहाँले सबै जिल्लामा सुकुम्बासी आयोग गठन भइसकाले काम अगाडि बढ्ने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सुकुम्बासीको समस्या समाधन नगर्दा देशको समस्या समाधान हँुदैन । तपाईहरुको समस्या समाधान नगर्दा जनताको उद्देश्य पूरा हुँदैन”, उहाँले भन्नुभयो, “त्यसैले सरकार आफ्नो उद्देश्यमा असफल हुन तयार छैन । सुकुम्बासीको समस्या समाधान हुन्छ ।”

“पार्टीमा एउटा शुद्धीकरण हुनै पर्दथ्यो । तपाई सबैले देख्नुभयो । पार्टी पार्टी जस्तो थियो र ? पार्टी झैँ चलेको थियो र ? पार्टी जस्तै चलेकै थिएन ?” उहाँको भनाइ रहेको थियो, “पार्टी पार्टी जस्तो नचलेकाले एउटा  किनारा लाग्नुपर्ने थियो । त्यो आफ्नै ढङ्गले किनारा लाग्यो ।”