३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको सहयोगमा खोटाङमा विद्यालय भवन र छात्रवास निर्माण



अ+ अ-

खोटाङ । नेपाल–भारत विकास सहकार्य’अन्तर्गत भारत सरकारको सहयोगमा निर्मित खोटाङको रावा बेँसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवनको उद्घाटन गरिएको छ ।

तीन करोड ६१ लाख ९५ हजार आर्थिक सहयोगमा निर्मित २० कोठा भएको दुईतले भवन र २२ कोठा भएको दुईतले छात्रावासको आज जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, रावा बेँसी गाउँपालिकाका अध्यक्ष फटिककुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीको उपस्थिति थियो । भारत सरकारको अनुदान सहयोगमा दुई तले विद्यालय भवन र छात्रावास भवनको निर्माण तथा दुवै भवनका लागि आवश्यक फर्निचर खरिद गरिएको हो ।

उक्त परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो । भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा पाँच सय ५० भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् । चार सय ८८ परियोजना सम्पन्न भइसकेका छन् । भारत र नेपालबीच व्यापक तथा बहुक्षेत्रीय सहकार्य जारी छ ।

आव २०६६/६७ मा निमार्ण सुरु गरिएको विद्यालय भवन र छात्रावास २०७२ सालमा निर्माण सम्पन्न भएका हुन् । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको आठ वर्षपछि भारतीय दूतावासले औपचारिकरुपमा विद्यालयलाई भवन र छात्रावास हस्तान्तरण गरेको हो । विद्यालय भवन र छात्रावास सञ्चालनमा आएसँगै विद्यालयको पठनपाठनमा सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक गोपाल बस्नेतले बताउनुभयो । “भवन अभाव हुँदा पठनपाठन सञ्चालन गर्न असहज थियो”, उहाँले भन्नुभयो ।

तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा पठनपाठन हुँदै आएको शारदा माध्यमिक विद्यालय भवन २०७२ सालको भूकम्पले जीर्ण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डोलाराज बस्नेतले बताउनुभयो । भवन हस्तान्तरण कार्यक्रममा प्रथम सचिव शेखरले विद्यार्थीले व्यवस्थित र सहजरूपमा पठनपाठन गरेर गुणस्तरीय शिक्षा पाउने कुरामा आफू आशावादी रहेको बताउनुभयो । दूतावासले कोशी प्रदेशमा मात्र ८५  विद्यालयलाई सहयोग गरेको बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले शैक्षिक क्षेत्रको विकासमा भारतीय दूतावासको सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । कक्षा–१२ सम्म पठनपाठन गरिँँदै आएको शारदा माध्यमिक विद्यालयमा चार सय ६० विद्यार्थी अध्ययनरत छन् । विसं २००९ मा  स्थापना भएको विद्यालय तत्कालीन नमूना विद्याधामको पुरानो भवनमा सञ्चालन हुँदै आएको थियो । विद्यालयमा २०२८ सालदेखि माध्यमिक तहको कक्षा सञ्चालन भएको थियो । कार्यक्रममा स्थानीय बासिन्दा  स्वर्गीय अम्बरविनोद पोखरेलको छोरीहरु विमला र गीता पोखरेलले बुबाको स्मृतिमा रु ६० हजार रकम विद्यालयलाई उपलब्ध गराउनुभयो ।