काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल समूहले आमहड्तालका नाममा जनतामाथि ज्यादति गरेको अरोप लगाउनु भएको छ । अखिल नेपाल किसान महासंघको कार्यक्रममा बोल्दै ओलीले ‘बाटाको छेउमा बेच्न राखेको टमाटर तरकारी फ्याँकिएको छ,जनताको गाडी जलाएर तमासा हेर्न गाडीमा सयर गर्नेहरु जनताको कुरा गर्छन ।
ओलीले अर्का नेता माधब नेपालप्रति पति कटाक्ष गर्नुभयो । उहाले भन्नुभयो अर्को नेता बाइक लिएर जनताले कति दुःख पाए भनेर रमिता हेर्दै हिँडेका छन् । कार्यकर्ता छैनन्, आफैं उत्रिनुभयो ।’