१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज ओली समूहको नारायणहिटीमा शक्ति प्रदर्शन, ३ लाख कार्यकर्ता उतार्ने दाबी



अ+ अ-

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केपी ओली समूहले आज शक्ति प्रदर्शन गर्ने भएको छ । जनसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायतले सम्बोधन गर्ने भएको छ । 

शक्ति प्रदर्शनसहित ओली समूहले आज नारायणहिटी अगाडि आमसभा पनि गर्न लागेको हो । काठमाडौंमा जम्मा भएका कार्यकर्ताहरु विभिन्न १३ ठाउँबाट प्रदर्शनसहित निस्किनेछन् । त्यसपछि मध्याह्न १२ बजे नारायणहिटीमा आमसभा हुनेछ ।

ओली समूहका नेताले आजको सभामा ३ लाख कार्यकर्ता उतार्ने दाबी गरेका छन् । प्रधानमन्त्रीको सिफारिसमा राषट्रपति विद्या भण्डारीले संसद विघटन गरेपछि नेकपा दुई भागमा भाँजिएको छ । यसअघि प्रचण्ड नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको थियो । हिजो (बिहीवार) मात्रै पनि प्रचण्ड नेपाल समूह आम हडताल गरेको थियो ।