१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आज देशभरको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। भने, देशका सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली तथा बागमती प्रदेशमा आँशिक बदली भइरहेको महाशाखाले जनाएको छ । यसैगरी, आज दिउँसो  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । 

देशका विभिन्न भूभागहरु सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका धेरै स्थानहरु तथा प्रदेश न १ र बागमती प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा हुने संभाबना छ । भने, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना समेत रहेको छ ।

यस्तै, आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थानहरु तथा प्रदेश न १ का केही स्थानहरुमा हल्का वर्षाको संभावना रहेको छ । यता, देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ ।