२५ जेष्ठ २०८३, सोमबार
,
Latest
५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने ग्लोबल आइएमई बैंक र भाटभटेनी सुपरमार्केटबीच सहकार्य, ग्राहकलाई शून्य प्रतिशत किस्ताबन्दीमा विशेष क्रेडिट कार्ड सुविधा हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न समितिको निर्देशन २ सय ६३ जिर्ण प्रहरी चौकी जिर्ण छन्, पुनर्निर्माण गर्न बजेट छैनः आईजीपी कार्की व्यवसायीलाई सम्पती विवरण भर्न लगाएर सरकारले दुःख दियोः श्रेष्ठ कङ्गोमा इबोला प्रकोप तीव्रः ५१५ सङ्क्रमित, ९१ मृत्यु भैरहवास्थित एशियन बुद्ध होटलमा विश्वकप फुटबलको विशेष रौनकः फुटबलर अञ्जन विष्टसँग सहकार्य नेपालको जलवायु उत्थानशीलता र कृषि रूपान्तरणमा बेलायतको सहयोग सुदृढ गर्छौंः राजदुत रोब फेन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब अन्य पेसा, व्यवसायमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप दिईने



अ+ अ-

काठमाडौँ । सरकारले स्वास्थ्यसम्बन्धी विभिन्न निकायबाट लाइसेन्स लिए पनि हाल बेरोजगार रहेका तथा अन्य पेसा, व्यवसायमा संलग्न स्वास्थ्यकर्मीलाई पनि कोरोनाविरुद्धको खोप दिने भएको छ । माघ १४ बाट सुरु भएको पहिलो चरणको खोप अभियानमा यसअघि कार्यरत स्वास्थ्यकर्मीलाई मात्रै दिने निर्णय गरेको थियो । खोप लगाउनेको संख्या सरकारको लक्ष्यभन्दा कम भएपछि विभिन्न परिषद्बाट लाइसेन्स लिएका बेरोजगार स्वास्थ्यकर्मीलाई पनि दिन लागिएको हो । सम्बन्धित काउन्सिलमा दर्ता भएको तर कुनै पनि स्वास्थ्य संख्थामा कार्यरत नभएका स्वास्थ्यकर्मीले खोप लगाउन नपाएको गुनासो आएपछि सबैले लगाउन पाउनेगरी स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

‘सूचना प्रणालीमा दर्ता नभएका कारण खोप लिनबाट वञ्चित हुन नदिन विभिन्न काउन्सिलमा दर्ता भएका प्रमाणपत्र र फोटोसहितको परिचयपत्रको आधारमा खोप लगाउने व्यवस्था मिलाउन हुन सूचित गरिन्छ,’ मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । खोप लगाउन नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद्, नेपाल आयुर्वेद मेडिकल काउन्सिल, नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ ।

स्वास्थ्य मन्त्रालयले पहिलो चरणमा ४ लाख ३० हजार जनालाई खोप लगाउने भने पनि बिहीबार अपराह्नसम्म १ लाख ५८ हजार ४ सय ८७ जनाले मात्रै सेवा लिएका छन् । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार प्रदेश १ मा २१ हजार ७ सय ५४ जना, प्रदेश २ मा २१ हजार १ सय ८५, वाग्मतीमा ५५ हजार ५ सय ४, गण्डकीमा १७ हजार २ सय ६७, लुम्बिनीमा २३ हजार ७ सय ९८, कर्णालीमा ८ हजार ७२ र सुदूरपश्चिम प्रदेशमा १० हजार ९ सय ७ जनाले खोप लगाइसकेका छन् ।

भारत सरकारले नेपाललाई १० लाख डोज कोभिसिल्ड भ्याक्सिन अनुदानमा दिएको थियो । त्यसमध्ये स्वास्थ्य सेवा विभागले पहिलो चरणमा ४ लाख ८० डोज खोप सातै प्रदेशमा पठाएको थियो । मन्त्रालयका अनुसार पहिलो चरणको खोप अभियान शनिबारसम्म चल्नेछ । सरकारले सार्वजनिक गरेको खोप लगाउनेको संख्यामध्ये हालसम्म लाभान्वितको संख्या झन्डै ३७ प्रतिशत मात्रै हो । कान्तिपुर दैनिक




भर्खरै