• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो ★   सहकारी प्रकरणमा छानबिन समिति गठन हुनुपर्नेमा प्रतिपक्षी पाँच दल एकमत ★   राष्ट्रपतिद्वारा कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको उद्घाटन ★   बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण ★   आजको आईपीएल: लखनउसँग बदला लिने धुनमा मुम्बई ★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि…

सरकारले वन्यजन्तु आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्नुपर्छ: एमाले सांसद तामाङ



काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरुको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । सांसद तामाङलेसो सम्बन्धि समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दवाव दिनु भयो । सांसद तामाङले सरकारले आरक्ष पीडितहरुको समस्या समाधानका लागि गम्भिर नभएको र जनप्रतिनिधिको रुपमा आफूहरुले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो आयोगलाई छिटोभन्दा छिटो सुविधा सम्पन्न बनाई निश्चित समय भित्र सम्पन्न गर्नेगरी सरकारले अख्तियारी देओस् । र अर्थ मन्त्रालयले बजेटको व्यवस्थापन गरोस् । म विनम्रतापूर्वक समामुखमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु कि आरक्ष पीडितहरुको समस्या छिटोभन्दा छिटो समाचन गर्न त्यो न्यायिक आयोगलाई छिटोभन्दा छिटो अधिकार सम्पन्न बनाई, स्रोत सम्पन्न बनाई पठाईयोस् । त्यो अहिलेसम्म कार्यक्षेत्रमा पुगेको छैन ।’

सांसद तामाङले देशहरुका आरक्ष पीडितहरुले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।