• २३ भाद्र २०८१, आईतवार
  •      Sun Sep 8 2024
  •   Unicode
Logo

बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग छलफल गर्न सरकारलाई सांसद केसीको ध्यानाकर्षण



काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग गरिएको सम्झौता कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद केसीले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावितहरुसँग सरकारले पटक–पटक सम्झौता गरेपनि कार्यान्वयन नगरेको भन्दै सम्झौता कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको हो ।

उहाँले बञ्चरेडाँडा ल्याण्डफिल साइड प्रभावित क्षेत्र सरोकार समितिले काठमाडौँ उपत्यकाको फोहोर डम्पिङ साइट बञ्चरेडाँडाँमा राख्न नदिने निर्णय गरिसकेको उल्लेख गर्दै सरोकार समिति सँग यथाशिघ्र वार्ता गरी समस्या समाधान गर्नुपर्ने बताउनु भयो ।

उहाँले सरकारले सहमतीको बाटो निकाल्न नसकेमा आन्दोलन गम्भीर रुपमा अगाडी बढ्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल

फोटो- रासस