१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar बाढी–पहिरोबाट अवरुद्ध टेलिकमका १३० साइट अझै सञ्चालनमा आउन बाँकी News Polar लमजुङको राइनास नगरपालिकाका १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा News Polar रसुवाको स्वास्थ्य सेवा व्यवस्थापनका लागि १२ बुँदे निर्णय News Polar राष्ट्रपति पौडेलसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट News Polar चोलेन्द्र शमशेर राणालाई पक्राउ नभई सुरक्षा दिइएको सरकारको स्पष्टोक्ति News Polar स्वास्थ्य क्षेत्र सुधारका लागि अमेरिकाको २ करोड ७ लाख डलर अनुदान स्वीकार गर्ने सरकारको निर्णय News Polar मोटरसाइकल दुर्घटनामा पूर्वसांसद दाहाल घाइते News Polar प्रोत्साहन भत्तामा सबै शिक्षक-कर्मचारीलाई समान व्यवहार गर्न माग News Polar सरकार ‘टाउकोले टेकेर उल्टो दिशा’ मा हिँडिरहेको छः एमाले प्रमुख सचेतक महर News Polar सरकार ६ महिनामै नागरिकका अपेक्षा पूरा गर्न असफल भयो : सांसद बराल News Polar दुलालको टिप्पणी– ‘सरकारको सुशासनको नारा भ्रममा सीमित भयो’ News Polar मुग्लिन–पोखरा सडक आयोजना अन्तिम चरणमा, पश्चिम खण्ड नोभेम्बरसम्म सक्ने तयारी News Polar पार्टीमा अनुशासन कडाइका साथ लागू हुन्छ : अध्यक्ष ओली News Polar तरकारीखेतीले फेरिएको जीवन News Polar प्रतिरक्षा विश्वविद्यालय नेपाली सेनाको मात्र विश्वविद्यालय होइनः कानुनमन्त्री गौतम News Polar नेप्से परिसूचक ९ अङ्कले घट्यो News Polar असोज १७ देखि तीन दिन भीषण वर्षा हुने खबर भ्रामक : मौसम विभाग News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समिति सभापतिमा पराजुलीको एकल उम्मेदवारी News Polar विदेशी सम्बन्धन प्राप्त शैक्षिक संस्थाका बारेमा अनावश्यक भ्रम नफैलाउन आईप्यानको आग्रह News Polar नेपाल–चीन सीमा नाकाका अवरोध हटाउन दुवै पक्षबीच गम्भीर संवाद

निर्वाचन सार्ने काम भयो भने संविधान नै समाप्त हुनसक्छ– पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)

निर्वाचन सार्ने काम भयो भने संविधान नै समाप्त हुनसक्छ– पूर्वप्रधानन्यायाधीश पराजुली (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं ।पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले स्थानीय तहको निर्वाचन सार्ने काम गरे संविधान नै समाप्त हुनसक्ने बताउनुभएको छ । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन संविधानले नै निर्धारण गरेकाले निर्धारित समयमा नै गर्नुपर्ने सुझाउनुभएको हो । उहाँले भन्नुभयो– यदि निर्धारित समयमै निर्वाचन भएन र अहिले सार्ने काम भयो भने यसले सत्तारुढ गठबन्धनलाई नै प्रत्युत्पादक हुनसक्ने खतरा रहन्छ । 

न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचन सारिए विधिको शासन समाप्त हुने, संविधानवादको सिद्धान्त समाप्त हुने र अन्ततः मुलुकमा प्रजातान्त्रिक प्रणाली नै नरहने खतराको अवस्था आउने पनि बताउनुभयो । पूर्वप्रधानन्यायाधीश पराजुलीले स्थानीय तहको निर्वाचनलाई सार्ने काम भयो भने यसले अरु कसैलाई पनि नभएर अहिलेको संविधान नचाहने शक्तिहरुलाई नै फाइदा पुग्नजाने भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्छ भन्नुभयो । 

उहाँले भन्नुभयो– ‘निर्वाचन सार्ने भनेको त्यो आफैमा मलाई कस्तो लाग्दछ भने यो  गठबन्धनलाई पनि प्रत्युत्पादक सिद्ध हुन सक्दछ । यसले डेमोक्रेसीलाई पनि धावा बोल्छ । अर्को त्यतिमात्रै नभएर विधि र संविधानको उपहास गर्छ । त्यसकारण मेरो प्रष्ट धारणा छ । साहसका साथ निर्वाचनमा जान सक्नुपर्छ । गठबन्धन होस वा मेरो भोट पुग्दैन, मेरो मत थोरै हुन्छ भनेर निर्वाचनलाई सार्न खोज्छ र त्यसले विधिको शासनलाई समाप्त पार्छ । संविधानवादको सिद्धान्तलाई समाप्त पार्छ र अन्ततः यो डेमोक्रेटिक सिष्टम नै जान सक्छ । अनि त जसले यो संविधान चाहेका छैनन् तिनैलाई फाइदा पुग्न जान्छ ।’ पूर्वप्रधानन्यायाधीश पराजुलीले जनताद्वारा अनुमोदित हुने प्रजातान्त्रिक प्रणाली अवलम्वन गरेकाले राजनीतिक दलहरुले निर्वाचनलाई पछाडि सार्ने काम गर्न नमिल्ने  दोहो-याउनु भयो ।

पूर्वप्रधानन्यायाधीश पराजुलीले स्तब्ध भएर बसेको न्यायालयलाई सूचारु गराउन उच्चस्तरीय आयोग गठन गर्नुपर्ने माग समेत गर्नुभयो । उहाँले सो आयोगले अनुसन्धान गरेर, जाँचबुझ गरेर मात्रै न्यायालयलाई अगाडि बढाउन सक्ने तर्क गर्नुभयो । उहाँले अदालतमा देखिएका समस्या समाधान गर्न नसकेको भन्दै सरकारको आलोचना समेत गर्नुभयो । 

उहाँले भन्नुभयो– ‘नम्बर वान, यो अदालत सञ्चालन गर्नलाई एउटा हाईलेवल कमिशन गठन गरेर जानुपर्छ । हामीसँग संविधान छ । यो स्वतन्त्र न्यायालय कसरी चलाउनुपर्छ भन्ने सन्दर्भमा विभिन्न इन्क्वरी गर्न सकिन्छ । यसको बारेमा जाँचबुझ गर्न सकिन्छ । आगामी दिनमा न्यायालय कसरी चलाउने भन्ने बारेमा अनुसन्धान गर्न सकिन्छ, विज्ञहरुसँग छलफल गरेर प्रतिवेदन तयार पार्न सकिन्छ । तर सरकारका कमजोरीका कारण त्यो हुन सकेको छैन । न्यायालय स्तब्ध भएर बसेको छ ।’