१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसीबारे अलमलमा दाहाल, परिमार्जन गर्ने बारे राजदुतसंग छलफल गरेको दाबी



अ+ अ-

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेपाल–दाहाल समुहका अध्यक्ष पुष्पकमल दाहालले आफू एमसीसीको पक्षमा रहेको भन्ने प्रचार गलत भएको बताउनु भएको छ । 

बिहिबारको आम हडताल र त्यसपछिको रणनीतिका बारेमा जानकारी दिन शुक्रबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहलले भन्नुभयो ‘म एमसीसीको पक्षमा गए भन्ने कुरा सत्य होईन' यस बारे पार्टीमा छलफलमै रहेको र औपचारिक निर्णय नभै सकेको बताउनु भयो ।   

पार्टीले कार्यदल पनि गठन गरेको  थियो, प्रतिबेदन आएको छ ।’ अध्यक्ष दाहालले आफूले केहीदिन अघि अमेरिकी राजदूतसँगको भेटमा पनि पनि एमसीसी परिमार्जन गर्ने सम्भावना छ कि छैन भनेर कुरा राखेको जानकारी दिनुभयो ।  

बिहिबारको आमहडतालका क्रममा  एमसीसीविरुद्ध नाराबाजी भएपछि दाहालले नारा रोक्न निर्देशन दिदै त्यहाबाट हिड्नु भएको थियो ।  त्यस बारे स्पष्टिकरण दिदै दाहालले भन्नुभयो  आमहड्ताल जे का लागि थियो त्यसमै केन्द्रीत नभए निशाना कमजोर हुने भन्दै नारा लगाउन रोकेको हु । ‘हिजो हामीले संवैधानिक परिषद्को ज्यादतिपूर्ण नियुक्तीको विरोधमा हड्ताल गरेका हौँ । उहाले भन्नुभयो त्यहाँ दशथरी नारा लगाए प्रहारको निशाना कमजोर हुन्छ भन्ने अर्थमा मात्रै त्यसो गरिएको हो’, ।   

एकजनाले प्याच्च अर्को नारा हाल्देछन् । मलाई त को घुस्यो जस्तो लाग्यो तर ती मान्छे त हाम्रै साथी हुन् । जता पायो त्यतै नारा नलाउनुस् भनेको संञ्चारकर्मीलाई जानकारी गराउनु भयो ।