१ आश्विन २०८३, बिहीबार
,
Latest
समुद्री पारिस्थितिक प्रणाली संरक्षण विश्वव्यापी दायित्व : मन्त्री गौतम विपद्का कारण सम्पत्ति विवरण पेश गर्न नसकेका कर्मचारीलाई ३० दिन म्याद थप वैदेशिक रोजगारीलाई बाध्यताबाट विकल्पमा बदल्ने सरकारको योजना, इटहरीमा सात दिने सीप तथा रोजगार मेला भोटेकोशी बाढीमा बेपत्ता कर्मचारी/कामदारको परिवारलाई प्राधिकरणले ल्यायो राहत प्याकेज फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘सात दिनभित्र नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर’



अ+ अ-

काठमाडौं महानगरपालिकाले महानगरपालिकाभित्रका संस्थागत विद्यालयले नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्न निर्देशन दिएको छ ।

महानगरप्रमुख बालेन्द्र शाहको निर्देशनअनुसार महानगपालिकाको शिक्षा विभागले अधिकांश संस्थागत विद्यालयको नाम नेपालीपन झल्कने खालका नभएको भन्दै सात दिनभित्र महानगरपालिकामा अनिवार्य सम्पर्क गर्न सूचना जारी गरेको हो ।

शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को उपनियम ७० मा नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नेपर्ने व्यवस्था छ । तर धेरै विद्यालयले यसको पालना गरेका छैनन् ।

संस्थागत विद्यालयहरुले सात दिनभित्र महानगरपालिकामा सम्पर्क गरी मौलिक नामकरणको प्रक्रिया अघि नबढाएमा विद्यार्थी भर्ना प्रक्रिया नै रोक्नेसहितका कानुनी कारबाही अघि बढाउने चेतावनी दिएको छ ।

विद्यालयको मौलिक नामकरणका लागि विद्यालय व्यवस्थापन समितिबाट प्रस्तावित नाम निर्णय गराएर सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विभागमा निवेदन दिनुपर्ने छ । अन्यथा शिक्षा नियमावली २०५९, काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवथापन नियमावली, २०७४ तथा प्रचलित कानुनबमोजिम आवश्यक प्रक्रिया अघि बढाइने आज सार्वजनिक सूचनामा उल्लेख छ ।

 




भर्खरै